सुर्खेत: सुर्खेतको भेरीगङ्गा नगरपालिका– १३ ठूलो करेलीका किसान सलह कीराले मकैबालीमा क्षति पु¥याएपछि चिन्तित छन् । बाली भित्र्याउने बेलामा सलहको बथानले नोक्सान पारेपछि किसानले यस वर्ष खाद्यान्न अभाव हुने चिन्ता गरेका छन् ।
सलहले सुर्खेतको रामघाट क्षेत्रमा बढी क्षति गरेको छ । यहाँ ४० प्रतिशत बालीमा क्षति पुर्याएको किसानको जिकिर छ । भेरीगङ्गा – १३ का कमल विश्वकर्माले ६ रोपनी जग्गामा लगाइएको मकैबाली सलहले क्षति गरेको बताएका छन् । “कोरोनाले गर्दा पैसा कमाउन भारत जान सकिने अवस्था छैन, लगाएको बाली सलहले खाइदियो,” उनले गुनासो गरे, “अब कसरी गुजारा चलाउने भन्ने पीर लाग्न थालेको छ ।” सोही ठाउँका नरबहादुर बिसीको १४ रोपनी जग्गामध्ये १० रोपनीमा लगाइएको बालीमा सलहले क्षति गरेको छ ।
रामघाट क्षेत्र आँप खेतीका लागि प्रख्यात छ । लकडाउनले आँप बिक्रीमा भने समस्या भएको किसानको गुनासो छ । “आँप बिक्री भएको भए केही राहत हुन्थ्यो, बिक्री भएको आँपले राम्रो मूल्य पाएन, मकैबालीसमेत सलहले नष्ट गरिदियो”, बिसीले बताए । स्थानीय र प्रदेश सरकारले क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउनुपर्ने त्यस क्षेत्रका किसानको माग छ । सलहले बालीमा क्षति पुर्याएपछि प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री विमला केसीलगायतको टोलीले केही दिनअघि स्थलगत अवलोकन गरेको थियो ।
मन्त्री आफैँखेतबारीमा आएर क्षतिको अवस्था बुझी फर्केपछि आफूहरुलाई राहत पाउने आशा जागेको अर्का किसान पविसरा परियारको भनाइ छ । केही दिन पहिले कर्णालीमा ठूलो समूहमा सलह देखिएका थिए । प्रतिकूल मौसमका कारण सानोसानो झुण्डमा सलह देखिने गरेका छन् । सलहले क्षति पुर्याउन सक्ने खतरा भने अझैं रहेको कृषि प्राविधिक बताउँछन् । सुर्खेतमा १०० हेक्टर बालीमा क्षति पुर्याइएको प्रारम्भिक तथ्याङ्क छ । भेरीगङ्गा नगरपालिकाको रामघाट, वीरेन्द्रनगरको गर्पन र चिङ्गाड गाउँपालिकाका केही स्थानमा सलहले ठूलो क्षति गरेको छ ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये मुगुमा मात्र सलह देखापरेको छैन । पूर्वी सुर्खेतमा जस्तै अन्य जिल्लामा ठूलो सङ्ख्यामा आएको सलहले बाली नोक्सान गर्दा किसान चिन्तित छन् । सलहले मकै, धान, कोदो र तरकारी नष्ट गरेको किसानको गुनासो छ । यद्यपि क्षतिको यकिन विवरण भने सङ्कलन भइसकेको छैन ।
एकीकृत कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत घनश्याम केसीले क्षतिको विवरण सङ्कलनको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार हालसम्म दैलेखमा १९० हेक्टरमा लगाइएको मकै, कोदोलगायत बालीमा सलहले क्षति पु¥याएको छ । दैलेखको नौमूले क्षेत्रमा सलहले बढी क्षति पु¥याएको छ । सल्यान, जाजरकोट, जुम्ला, कालीकोटलगायत जिल्लामा पनि सलहले क्षति गरेको छ ।
रासस
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस