टिस्टुङ- आर्थिक वर्ष २०७६÷७७ मा मकवानपुरको थाहा नगरपालिकामा दुई लाख ९३ हजार लिटर दूध उत्पादन भएको छ । नगरपालिकाभित्र पकेट क्षेत्रमा रहेका पशुपालक कृषकले डेरी तथा दूध सङ्कलन केन्द्रमा बिक्री गरेको दूध परिमाणका आधारमा नगरपालिका पशुसेवा शाखाले यो तथ्याङ्क सार्वजनिक गरेको हो ।
नगरका घर्तीखोला, फाँटबजार, थाना बजार, ओखर बजार र बज्रबाराही क्षेत्रका ३०६ कृषकले पालेको गाईभैँसीबाट दुई लाख ९३ हजार ७२ लिटर दूध उत्पादन भएको थाहा नगर पशु सेवा शाखामा प्रमुख राघवेन्द्र मिश्रले बताएका छन् ।
शाखा प्रमुख मिश्रका अनुसार थाहा –२ को एकीकृत कृषि सहकारी संस्था लिमिटेडले चार स्थानमा स्थापना गरेको दूध सङ्कलन केन्द्रमा गरी ९७ कृषकले एक लाख १६ हजार ६४२ लिटर दूध बिक्री गरेका थिए । त्यसैगरी थाहा–६ बज्रवाराहीकोे पशुपालन कृषक समूहले १०६ कृषकबाट ९५ हजार ९६९ लिटर र निजी क्षेत्रबाट सञ्चालित नन्दीकेश्वर डेरीले १०३ कृषकबाट एक लाख ४६१ लिटर दूध सङ्कलन गरेको उनले जानकारी दिएका छन् ।
बेमौसमी तरकारी खेतीका लागि देशमै ख्याति कमाएको थाहा नगरपालिकामा केही वर्षदेखि दूधका लागि व्यावसायिक पशुपालनमा जोड दिन थालिएको छ । दूध उत्पादनमा कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले ३०६ कृषकलाई रु चार लाख ९५ हजार अनुदानसमेत प्रदान गरेको छ ।
कृषकले बिक्री गरेको दूध परिमाणका आधारमा प्रतिलिटर रु एकदेखि तीन र पैसा २५ सम्म अनुदान उपलब्ध गराएको पशु सेवा शाखाका प्राविधिक रुपेशकुमार मिश्रले बताए । नगरपालिकाले नगरमा सबैभन्दा बढी दूध उत्पादन गर्ने किसानलाई सम्मानसमेत गरेको छ । सम्मानित हुनेमा थाहा–३ का युवराज बर्तौला तथा थाहा–६ का यशोदा अधिकारी र ओमकुमार सुवेदी रहेका छन् ।
त्यस्तै नगरपालिकाले आफ्नो सेवा क्षेत्रबाट सबैभन्दा बढी दूध सङ्कलन गर्ने नन्दीकेश्वर डेरीलाई नगदसहित सम्मान गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस