काठमाडाैं-अन्तरिम संरचना निर्माण प्रक्रियालाई लिएर विवाद भइरहेको बेलामा संसदीय दलका उपनेतासमेत रहेका उपभापति विजयकुमार गच्छदारले नयाँ किचलो झिकेका छन् ।
काँग्रेससँग पार्टी एकीकरण गर्दा आफूसँग २५ हजारभन्दा बढी कार्यकर्ता रहेको गच्छदारको दाबी छ । तर, उनले ती कार्यकर्ताको नाम र विवरण काँग्रेसलाई दिएका छैनन् ।
तत्कालिन नेपाल लोकतान्त्रिक फोरममा कार्यकर्ताको सम्पूर्ण विवरण नभएको उनको तर्क छ । काँग्रेस पनि महाधिवेशन प्रतिनिधिहरुको नामावली नभएको वताउने गर्छ ।
संक्रमणकालिन संरचना निर्माण गर्दा सीमाङ्कन परिवर्तन नभएका जिल्ला, संघीय निर्वाचन क्षेत्र, स्थानीय तह र वडा कार्यसमिति साविककै रहने व्यवस्था काँग्रेस विधानमा छ ।
गच्छदारले पार्टी विधानको दफा ७२ (२) आकर्षित नहुने भन्दै आफ्ना सबै कार्यकर्तालाई संक्रमणकालिन व्यवस्था अनुसार गठन हुने सांगठानिक तहमा भाग खोजेका छन् ।
कांग्रेस विधानमा पार्टीका कुनै पनि सांगठनिक तहको निर्वाचन हुनु एक बर्षअघि क्रियाशिल सदस्यता वितरण गरिसक्नु पर्ने व्यवस्था छ । सांगठानिक तहको अधिवेशन भएको ६ महिनापछि मात्र महाधिवेशन हुने व्यवस्था पनि छ ।
सभापति देउवाले विधान अनुसार आफ्नो कार्यकाल पाँच बर्षको हुने भन्दै अहिले नै हतामार १४औं महाधिवेशनको घोषणा नगर्ने अडान लिएका छन् । सभापति देउवाको यस्तो अडानको बैठकले कुनै निर्णय गर्न सकेको छैन ।
काँग्रेस नेताहरु बैठकको एजेण्डामा भन्दा एक अर्काको आलोचनामा केन्द्रीत भएका छन् ।
कांग्रेसको २२ असारदेखि शुरु भएको बैठकमा १४ वटा एजेण्डा प्रस्तु गरेपछि सात वटा बैठक बसेको छ । २२ र २९ असारको बैठकमा नियमावली मस्यौदामाथि छलफल भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस