काठमाडौं- प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा १ लाख ७५ हजार ९ सय ९ जना बेरोजगार युवाहरुले रोजगारी पाएका छन्। उनीहरूले औषतमा १३ दिनको रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।
अझै केही स्थानीय तहहरुबाट अझै विवरण आउन बाँकी रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अनुसार फूलबारी गोड्ने, कुलो, खन्ने, सरसफाई, बाटोघाटो मर्मत गर्ने चौतारो बनाउने, लगायतका आयोजनाहरु निमार्णमा रोजगारी प्रदान गरिएको मन्त्रालयले जानकारी दिएको छ।
छोटो समय अवधिमा झन्डै २ लाख बेरोजगार युवाहरुलाई रोजगारी दिलाउन प्रधानमन्त्री रोजगार कार्यक्रम सफल भएको श्रम मन्त्री गोकर्ण विष्टले बताए। उनले भने,‘यति छोटो अवधिमा थोरै बजेटबाट यतिधेरै बेरोजगार युवाहरुलाई रोजगारी प्रदान गर्न सरकार सफल भएको छ, यसमा निकै गर्व महशुस गरेको छु।’
चालु आर्थिक वर्षमा थप ५ लाख युवालाई न्यूनतम १०० दिनको रोजगारीको सूनिश्चितता गरिने मन्त्री विष्टले बताए।
चालु आर्र्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले ५ अर्ब १ करोड बजेट छुट्याएको छ। गरिबी, बेरोजगारी र अभावमा पिल्सिएका युवाहरुलाई देशभित्रै रोजगारीका अवसर सिर्जना गरी ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गर्ने सरकारको लक्ष्य छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस