काठमाडाैं-प्रदेश २ अन्तर्गत रहेर मानव अधिकारको क्षेत्रमा सक्रिय विभिन्न संस्थाले विप्लव नेतृत्वकाे नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएका भन्ने कुरा गलत भएकाे दाबी गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम नेपाल, तराई मानव अधिकार रक्षक सञ्जाल, महिला मानव अधिकार रक्षा सञ्जाल, नेपाल मानव अधिकार संगठन र उन्नत नेपालले अध्ययन पश्चात जनकपुरमा प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
प्रतिवेदनमा पौडेलको दोहोरो भिडन्तमा मृत्यु भएको हो भन्ने विश्वसनीय आधार नदेखिएको निष्कर्ष प्रस्तुत छ । प्रतिवेदनमा प्रहरीले भिडन्तको नाममा नियन्त्रणमा लिएर पौडेलको हत्या गरेको घुमाउरो भाषा प्रयोग गरिएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘पौडेलको दोहोरो भिडन्तमा नभई नियन्त्रणमा लिएपश्चात हत्या गरिएको हुनसक्ने यथेष्ठ सम्भावना रहेकाे देखिन्छ ।’
विगत केही वर्षदेखि मुठभेडका नाममा व्यक्तिको हत्याको श्रृंखला बढेको पनि प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।
इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले घटनाको प्रकृति र विभिन्न दृष्टिले अध्ययन गर्दा पनि पौडेल समूह र प्रहरीबीच भिडन्त भएको नदेखिएको बताए । उनले भने, ‘घटना गम्भीर प्रकृतिको हो । त्यसैले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठन हुनुपर्छ । पोष्टमार्टम रिपोर्ट अस्पतालले दिन नमानेकाले घटना दबाउने प्रयास भइरहेको आशंका छ ।’
प्रतिवेदन सार्वजनिक गरेका संस्थाहरुले विभिन्न ६ बुँदे माग समेत राखेका छन् । ती संस्थाले निष्पक्ष छानबिनका लागि उच्च स्तरिय समिति गठन, घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन तथा दण्डहीनता अन्त्य, कथित मुठभेडका नाममा व्यक्ति हत्याजस्तो जघन्य अपराधमा संलग्न संस्था वा व्यक्तिलाई उत्तरदायी बनाउन माग गरेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस