काठमाडाैं-विधान बमोजिम पार्टी संगठनको अन्तरिम व्यवस्था गर्ने विषयलाई लिएर नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा विवाद थप चुलिएकाे छ । २२ असारदेखि शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा संक्रमणकालीन व्यवस्थाअनुसार पार्टीका आठवटा संगठन गठन गर्ने विषयलाई लिएर शीर्ष नेताबीच नै विवाद भएको छ ।
करिब एक महिनासम्म चलेको बैठकले समेत निष्कर्ष निकाल्न नसकेपछि उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइराला रहेको कार्यदललाई दुई दिनभित्र उपयुक्त प्रस्ताव ल्याउने जिम्मेवारी दिइएको छ ।
केन्द्रीय सदस्य महेश आचार्यले विधानको दफा ७२ को उपदफा २ मा पार्टी केन्द्रीय कार्यसमिति, सिमाङ्कन हेरफेर नभएका जिल्ला कार्यसमिति र सिमाङ्कन परिवर्तन नभएका स्थानीय तहका कार्यसमिति यथावत कायम रहने व्यवस्था भएको भन्दै बुधबारको बैठकमा नेतृत्वको ध्यानाकर्षण गरएका थिए ।
‘पार्टी विधानको यो दफाले तत्कालीन लोकतान्त्रिक फोरमबाट आएका नेता कार्यकर्तालाई सिमाङ्कन परिवर्तन वा हेरफेर नभएका निकायमा समायोजन गर्न सकिँदैन’, केन्द्रीय सदस्य महेश आचार्यको भनाइ उधृत गर्दै एक सदस्यले भने ।
मंगलबार केन्द्रीय समिति बैठकमा एक घण्टासम्म बोलेका गच्छदारले आचार्यको भनाइप्रति प्रतिवाद गरेका थिए । उनले आफ्नो नेतृत्वमा आएका लोकतान्त्रिक फोरमका कार्यकर्तालाई विधान आकर्षित नहुने दाबी गरेका थिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले उपसभापति गच्छदारलाई ‘लोकतान्त्रिक फोरमबाट कांग्रेसमा कति कार्यकर्ता समावेश भएको हो, त्यसको विवरण दिन’ आग्रह गरे । पौडेलसँगको सवालजबाफमा गच्छदारले भने, ‘कांग्रेसको अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिको त विवरण छैन भने मेरो पार्टीको कहाँबाट हुनु ?’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस