काठमाडौं- काठमाडौं महानगरपालिकाले ९५ करोड ९६ लाख रुपैयाँ बराबरमा ३९ वटा पार्क, बगैँचा तथा भवन निर्माण गर्ने भएको छ ।
त्यसका लागि महानगरपालिका अन्तर्गतको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले सबै पार्क तथा भवनको नक्सा मेयर विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरिसकेको बताएका छन् ।
आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले उक्त पार्क तथा भवनहरु सम्बन्धित वडा तथा महानगरपालिकाले बनाउने र त्यसको सुपरीवेक्षण, मोनिटरिङ आयोगले गर्ने जानकारी दिए।
सबै नक्सा ३२ जना इन्जिनियरले ६ महिनामा तयार पारेको उनले बताए । यसको लागि लगभग ६० लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ।
आयोगले बनाएको नक्सामा विभिन्न ८ वटा पार्क, केही वडा कार्यालय, केही पाटी पौवा, केही बँगैचा समेत छन् ।
बस्नेतका अनुसार चेस पार्क, कमलपोखरी पार्क, पाटी पौवाको पूर्वाधार, वृद्धवृद्धाका लागि पार्क र भाटभटेनी सतलको पुन निर्माणको लागि टेन्डर आव्हान भइसकेको छ ।
४२ वटा नै आयोजना चालु आवमा निर्माण गर्ने महानगरपालिकाको नीति तथा कार्यक्रममा समावेश भएको उनको भनाइ छ । बाँकी अन्य योजनाको पनि केही समयमा नै काम सुरु हुने उनले जानकारी दिए ।
बस्नेतका अनुसार १० रोपनी जग्गामा गुहेश्वरीमा बाग्मती नगरपार्क निर्माण हुनेछ । यो पार्कको लागत ८ करोड रुपैयाँ छ । बस्नेतका अनुसार उक्त पार्क ९ ग्रह र सबै १२ वटा राशी अनुसारको बन्ने छ ।
यस्तै थापाथलीको बाग्मती पुलमुनी १ करोड ११ लाख रुपैैयाँमा चेस पार्क, गलगनमा ५ करोड लागतमा म्यूजिमय, १ करोड ११ लाखमा त्रिपुरेश्वर खुला क्षेत्र पार्क बन्ने भएको छ ।
कतिपय योजना स्थानीय तहमा हुने आमा समूह, स्थानीय क्लबहरुको सहकार्यमा पनि पूरा हुने उनको तर्क छ । उनले भने ‘सबै योजना पूरा गर्न महानगरपालिका भन्दा पनि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न चाहेको खण्डमा उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, उद्योग परिसंघ, विभिन्न एनजीओ, आईएनजीओ, वल्र्ड बैंक जस्ता संस्थाको सहकार्यमा पनि आयोजना पूरा गर्न सकिन्छ ।’
बस्नेतले विकास निर्माण गर्नको लागि पैसाको अभाव नभएपनि कम लागतमा कसरी राम्रो काम गर्ने भन्नेमा महानगर रहेको बताए ।
उनले भने, ‘यतिबेला महानगरपालिकाले जनचाहना बुझ्दै निर्वाचनको समयमा जनप्रतिनिधिले जनतालाई दिएको आश्वासन पूरा गर्न पनि जनचाहना अनुसार काम गर्न आवश्यक रहेको छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस