काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेका बन्दको प्रभाव उपत्यकाबाहिरका जिल्लामा बढी परेको देखिएको छ। हालसम्म मकवानपुरको हेटौडा उपमहानगरपालिकाका विभिन्न ४ स्थानमा बम फेला परेको छ भने नुवाकोट र राैतहटका वडा कार्यालयमा बम विस्फोट तथा आगजनी भएका छन्।
नुवाकोटको ककनी गाउँपालिका-१ को वडा कार्यालयमा मंगलबार राति बम विस्फोट गराइएको हो। विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण कागजपत्रलगायत सरसामान नष्ट भएका छन्।
बम विस्फोट विप्लव समूहले गराएको आशंका गरिए पनि अहिलेसम्म यसको जिम्ममा लिएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी रौतहटको चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा आगजनी भएको छ। मंगलबार मध्यराति अज्ञात समूहले आगजनी गरेको हो।
आगजनीबाट कम्प्युटर, प्रिन्टर, फर्निचरलगायत सामान जलेर नष्ट भएका छन्।
घटनाको जिम्मेवारी कसैले लिएको छैन।
उता मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ मा क्विक पार्टी प्यालेसको अगाडि भित्री सडक छेउमा निलो जेब्रा झोलामा कुकुर राखी सोबाट तार निकालेको अवस्थामा शंकास्पद वस्तु भेटिएएको थियो।
मंगलबार राति पौने १२ बजे फेला परेको शंकास्पद वस्तुलाई मध्य पृतना सुपारेटार ब्यारेकबाट खटिएको नेपाली सेनाको बम डिस्फोजल टोलीले डिस्फोज गरेको थियो।
उक्त स्थान वडा प्रहरी कार्यालय हेटौंडाबाट २ किलोमिटर पश्चिममा पर्छ।
मकवानपुरको हेटौंडा-११, थानार्याङस्थित शदा शिवम् पेट्रोल पम्प नजिक पूर्व-पश्चिम राजमार्गमा प्रेसर कुकरमा टेप लगाई तार निकालेको शंकास्पद वस्तु बुधबार बिहान साढे ३ बजे फेला परेको प्रहरीले जानकारी दिएको छ। नेपाली सेनासँग समन्वय गरेर सवा ४ बजे बिहान उक्त बम डिस्पोज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उक्त वस्तु डेटोनेटर भएको प्रहरीले जनाएको छ।
हेटौंडा–११, चौकीटोलमा रहेको खाद्य संस्थान अगाडिको बाटोमा प्रेसर कुकरमा टेप लगाई तार निकालेको अवस्थामा अर्को शंकास्पद वस्तु फेला परेको थियो। नेपाली सेनाले उक्त वस्तु डिस्पोज गरेको छ।
कुकरभित्र एउटा डेटोनेटर राखिएको फेला परेको प्रहरीले जनाएको छ। बम राखेको आशंकामा प्रहरीले एक जनालाई पक्राउसमेत गरेको छ। यद्यपि उनको नाम भने गोप्य राखिएको छ।
हेटौंडा उपमहानगरपालिका–४, परिजात पथस्थित नारायणी नर्सिङ कलेज नजिक प्रेसर कुकर बम फेला परेको थियो। नेपाली सेनाको मध्य-पृतना सुपारेटार ब्यारेकबाट क्याप्टेनको कमान्डमा खटिएको टोलीले बिहान साढे ७ बजे उक्त बम डिस्पोज गरेको थियो।
कुकरभित्र एउटा डेटोनेटर र गिटी बालुवा फेला परेको प्रहरीले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस