काठमाडाैं-कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा महाधिवेशनको मिति घोषणा गर्न वा कार्यतालिका प्रस्तुत गर्न संस्थापनइतरका नेताहरुले माग गरिरहँदा सभापति शेर बहादुर देउवाले मंगलबार आफ्नो कार्यकाल अझै डेढ बर्ष रहेकोले तत्काल महाधिवेशनको घोषणा नगर्ने बताए ।
२०७२ फागुनमा भएको १३औं महाधिवशेनबाट सभापतिमा निर्वाचित देउवाको ४ बर्षे कार्यकाल आगामी फागुनमा सकिँदैछ । तर, उनले पार्टी विधानको सुविधालाई उपयोग गर्दै एक बर्ष थप गर्न चाहेका हुन् ।
महाधिवेशन गर्नु एक बर्षअघि नै स्थानिय तहको अधिवेसन भइसक्नु पर्ने छ भने क्रियाशिल सदस्यता वितरण भइसकेको ५ महिनापछि मात्र स्थानीय तहको अधिवेशन गर्नुपर्ने वैधानिक प्रावधान छ ।
मंगलबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसका हालका क्षेत्रिय प्रतिनिधिहरुको नामावली पार्टी कार्यालयसँग सुरक्षित नरहेको भन्दै जिल्लाहरुबाट नामावली मागिएको तर २३ जिल्लाबाट नामावली नआएको बताएका थिए ।
पार्टी केन्द्रीय कार्यालयमा क्रियाशिल सदस्यहरुको नामावलीको हार्डकपी मात्र रहेको भन्दै इलेक्ट्रोनिक भर्सन नभएको महामन्त्री खड्काले जनाएका थिए ।
मंगलबारको बैठकमा उपसभापति विजयकुमार गच्छदारले पार्टी एकीकरणका बेला भएको सम्झौता अनुसार तत्कालीन फोरम लोकतान्त्रिकका नेतालाई पार्टीमा भूमिका दिनुपर्ने माग गरे ।
गच्छदारले पार्टी एकीकरणका लागि आफूले बोलीमा नभएर कागजी सम्झौता गरेको दाबी गरेका थिए । ‘पार्टी एकता गरेको हो, मसँग सम्झौता गरेको होइन तर कार्यान्वयन नहुने ? म माग्न आएको हुँ र ?,’ गच्छदारले आक्रोसित मुद्रामा भने, ‘अन्तरिम संरचनामा मेरा मान्छेहरुलाई एडजस्ट नगरी झुलाउन पाइन्न ।’
बैठकमा गच्छदारले भने ‘यहाँ म भन्दा सिनियर कोही छैन । म बरिष्ठ हुँ । बरिष्ठ हुँ भन्ने नेताहरुको एक एक गरी पोल खोल्दिउँ ?’
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले आ–आफ्नो धारणा राखेका थिए । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो ३ वजेका लागि बोलाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस