काठमाडाैं-सरकारले बजेटमार्फत भन्सार नियमावली २०६४ संशाेधन गरेर पुरस्कार रकम बढाएको छ ।
वृद्धि गरिएको पुरस्कार रकमअनुसार चोरी निकासी वा चोरी पैठारी गर्न लागेको सुराकी दिनेलाई भन्सार विभागले वस्तु लिलाम गरेर प्राप्त हुने रकमको १५ प्रतिशतसम्म पुरस्कार दिन्छ । यसअघि यस्तो रकम १० प्रतिशत मात्रै दिने व्यवस्था भन्सार नियमावली २०६४ को नियम ४७ (क) मा थियो ।
यस्तै, चोरी निकासी वा चोरी पैठारी गर्न लागेको मालवस्तु मानिससहित पक्री पेस गर्नेलाई ती मालवस्तु लिलाम बिक्री गरी प्राप्त हुने रकमको ३० प्रतिशत रकम पुरस्कार दिने भनिएको छ । यसअघि यस्तो रकम २० प्रतिशत मात्रै थियो ।
विभागका अनुसार चोरी निकासी वा चोरी पैठारी गर्न लागेको मालवस्तु मात्र पक्री पेस गर्नेलाई २० प्रतिशत रकम पुरस्कार दिने व्यवस्था गरिएको छ । यसअघि यस्तो रकम १० प्रतिशत मात्रै दिने व्यवस्था नियमावलीमा थियो ।
१० लाखसम्म पुरस्कार
विभागले बहुमूल्य धातुको चोरी निकासी वा चोरी पैठारी नियन्त्रणका लागि सूचना दिने सुराकीलाई १० लाख रुपैयाँसम्म पुरस्कार दिने व्यवस्था गरेको छ ।
नियमावलीको नियम ४७ (५) मा ‘सुन, चाँदी वा जवाहिरातसम्बन्धी सुराकी दिने र त्यस्तो मालवस्तु मानिससहित वा मासिनबाहेक पक्री पेस गर्ने व्यक्तिलाई पुरस्कार दिँदा त्यस्तो मालवस्तु लिलाम वा बिक्रीबाट प्राप्त भएको रकमको १० प्रतिशत वा १० लाख रुपैयाँमध्ये जुन घटी हुन्छ, सोही रकम पुरस्कार दिइनेछ’ भन्ने व्यवस्था छ ।
कसरी दिने सूचना ?
नियम ४८ मा सुराकी प्रतिवेदन वा सूचनासम्बन्धी व्यवस्था छ । सो व्यवस्थामा चोरी निकासी वा चोरी पैठारीको सुराकीसम्बन्धी प्रतिवेदन वा सूचना मालवस्तु पक्राउ पर्नुअगावै प्राप्त भएको हुनुपर्ने भनिएको छ ।
सुराकी प्रतिवेदन वा सूचना सम्बन्धित भन्सार कार्यालयको प्रमुख वा महानिर्देशकलाई दिनुपर्ने हुन्छ ।
यसरी सुराकी प्रतिवेदन वा सूचना प्राप्त भएपछि महानिर्देशकले तत्काल सम्बन्धित भन्सार कार्यालयको प्रमुखलाई मौखिक वा लिखित रुपमा जानकारी दिनुपर्ने हुन्छ । भन्सार कार्यालयका प्रमुखले आफूले प्राप्त गरेको वा महानिर्देशकबाट प्राप्त गरेको सुराकीको प्रतिवेदन वा सूचना गोप्य रुपमा दर्ता गरी राख्नुपर्ने व्यवस्था छ ।
यस्तै, मालवस्तु पक्राउ पर्नुअगावै एउटै विषयमा दुई वा दुईभन्दा बढी सुराकी प्रतिवेदन वा सूचना प्राप्त भएमा पहिले प्राप्त भएको प्रतिवेदन वा सूचनालाई मान्यता दिई त्यसपछि प्राप्त सूचनालाई भन्सार कार्यालयको प्रमुखले कैफियत जनाई राख्नेछ ।
सुराकी दिने व्यक्तिले आफ्नो वास्तविक नाम नदिई कुनै काल्पनिक नामबाट पनि सुराकी दिन सक्ने व्यवस्था सरकारले मिलाएको छ । त्यस्तो काल्पनिक नामबाट सुराकी दिएको अवस्थामा त्यस्तो सुराकीको वास्तविक नाम एवं निजको स्पष्ट पहिचान हुने प्रमाणहरु (नागरिकताको प्रमाणपत्र वा परिचयपत्र वा राहदानी)को प्रतिलिपि सुराकीले भन्सार कार्यालयका प्रमुखलाई तुरुन्तै उपलब्ध गराउनुपर्ने हुन्छ । भन्सार कार्यालयका प्रमुखले त्यस्तो विवरण प्रमाणित गरी गोप्य रुपमा राख्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।
के के दिनुपर्छ सूचना ?
सुराकी दिने व्यक्तिले विशेष विवरणहरु दिनुपर्ने हुन्छ । नियमावलीअनुसार हवाई जहाजबाट हुने चोरी निकासी वा चोरी पैठारीको सुराकी दिँदा हवाई जहाजको उडान नम्बर तथा चोरी निकासी वा चोरी पैठारी गर्ने व्यक्तिको सम्भव भएसम्म नाम वा राहदानी नम्बर वा हुलिया र चोरी पैठारी वा चोरी निकासी हुन लागेको मालवस्तुको नाम एवं लुकाइछिपाइ ल्याउने वा लैजाने तरिकासमेत खुलाउनुपर्ने हुन्छ ।
स्थल मार्गबाट हुने चोरी निकासी वा चोरी पैठारीको सम्बन्धमा चोरी पैठारी हुन लागेको मालवस्तुको नाम, चोरी पैठारी हुन लागेको स्थान र समय, सवारी साधनको किसिम र नम्बर, लुकाइछिपाइ ल्याउने वा लैजाने तरिका एवं चोरी पैठारी वा चोरी निकासी गर्ने व्यक्तिको सम्भव भएसम्म नाम र हुलियासमेत खुलाउनुपर्ने हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस