काठमाडौँ-अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै विदेश यात्रामा निस्कने भएका कारण लामो समयदेखि विवादित बन्न पुगेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का स्कुल लगायत विभागहरु गठनको टुंगो फेरि अनिर्णित बनेको छ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली १२ वर्ष अघि प्रत्यारोपण गरेको आफ्नो मिर्गौलाको जाँचका लागि साउन १८ गते सिंगापुर र दाहाल पत्नी सीता, छोरी रेनु र नातिनातिनासहित साउन १४ गते बिहान नै दुबई जानुपर्ने भएपछि उनीहरुले सोमबारको केन्द्रीय सचिवालय बैठकमा विभागबारेको छलफल नै पछि सारेका छन्।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अव उक्त बैठक साउन २८ गते मात्रै बस्ने भएको छ। त्यसको अर्थ ओली उपचारबाट फर्किएपछि मात्रै बैठक बस्ने छ।
पार्टी उच्च स्रोतकाअनुसार अध्यक्ष ओलीको सोमबारको सचिवालय बैठकमा स्कुल विभाग लगायत कुनै पनि विभाग गठनबारे ‘पछि छलफल गरौँला’ भन्ने प्रस्ताव अर्का अध्यक्ष दाहाल र अन्य सदस्यहरुले स्वीकार गरेका थिए।
अध्यक्षले नै छलफल पछि गरौँला भन्दै आग्रह गरेपछि त्यो स्वीकार गर्नुको विकल्प आफूहरुसँग नभएको सचिवालय बैठकमा सामेल एक सदस्यले बताए।
तर उनले एकपछि अर्को कार्य व्यस्तता, उपचार लगायत बहानामा मुख्य बैठक नै पटकपटक धकेल्नुले पार्टी पंक्तिमा राम्रो सन्देश नगएको उनको भनाइ छ।
पार्टीको बाँकी एकता टुंग्याउने क्रममा नेकपामा स्कुल विभागको प्रमुख ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठमध्ये कसलाई बनाउने भन्नेमा असारको पछिल्लो सातायता विवाद सुरु भएको थियो ।
पूर्व एमाले र माओवादीको आआफ्नै अडानका कारण त्यो विवाद सुल्झाउन अझै समय लाग्ने भएपछि ओली र दाहालबीच भएको पूर्व सहमति अनुसार गठन गर्ने भनिएका अन्य विभागहरुले पनि औपचारिक रुप पाउन नसक्नु दुखद भएको ती सदस्यले बताए।
नेकपाका ३३ मध्ये १८ पूर्व एमाले र १४ वटा विभाग पूर्व माओवादीले नेतृत्व गर्ने सहमति ओली र दाहालबीच भएपनि स्कुल विभागको नेतृत्वको जिम्मेवारी कसलाई दिने भन्नेमा उनीहरुबीच सहमति हुन नसकेको हो।
ओलीले असारको पहिलो साता पार्टी एकताको बाँकी सबै काम असार महिनाभित्रै सक्ने भएकाले कुनै पनि आशंका नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई सार्वजनिक कार्यक्रममै सम्झाएका थिए।
घोषित मितिमा पार्टीको विवाद टुंग्याउन नसकेपछि दाहालले त्यसपछि एकता प्रक्रिया साउनभित्रै टुंगिने दाबी गरेपनि त्यो कार्यान्वयन नहुने देखिएपछि पार्टीका उच्च नेताहरु निरास भएका छन्।
‘पार्टीभित्र झन स्पष्टरुपमा सबै काम टुंगिने आस गर्दा झन खिन्न हुने वातावरण सिर्जना भएको छ । यसरी न पार्टी अघि बढ्न सक्छ न सरकार,’ ती सदस्यले भने।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस