सोल-दक्षिण कोरिया सरकारले झुक्किएर सामुन्द्रिक सिमाना पार गरेका तीन जना उत्तर कोरियाली डुंगा चालकलाई स्वदेश फर्काएको छ |
शनिबार राती पूर्वी समुद्रको नर्थ लिमिट लाइन (एनएलएल ) पार गरेका ती डुंगा चालकलाई मानवीयताको आधारमा स्वदेश फ़र्काइएको यन्ह्यप न्यूज एजेन्सीले जनाएको छ |
ती डुंगा चालक शनिबार राती १०: १५ बजे एनएलएल नजिकै देखा परेका थिए | त्यसको २४ मिनेट पछि बिस्तारै एनएलएल आए र राती ११ :२० मा सीमा नाघेका थिए |
सिमा नाघेका ती उत्तर कोरियालीलाई पक्राउ गरेर दक्षिणको तटमा ल्याइएको थियो | अनुसन्धानका क्रममा ती डुंगा चालकले नेभिगेसन त्रुटिका कारण सिमा नाघेको बताए |
पक्राउ परेका उनीहरुले अनुसन्धानका क्रममा घर फर्कन चाहेको बताए पछि उनीहरुको मानवाधिकार र स्वतन्त्रतालाई मध्यनजर गरेर दक्षिण कोरिया सरकारले स्वदेश फर्काएको हो |
डुंगा चालकलाई फर्काउने बिषयमा उत्तर कोरिया सरकारलाई सोमबार बिहान जानकारी गराइएको थियो |
अनुसन्धानकर्ताहरुले १० मिटर लामो काठको डुंगा उत्तर कोरियाली सैनिकहरुले माछा मार्न प्रयोग गर्ने गरेको खुलासा गरे |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस