भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्ेनतले जनताको दवाव नै निर्णायक तथा अन्तिम हुने बताउँदै कुनै पनि नेताको चाकरी गरेको भरमा विकास निर्माण ढिलासुस्ती तथा लापरवाही गर्ने निर्माण कम्पनीको दिन समाप्त भएको बताउनुभएको छ ।
प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले आइतवार भक्तपुरको भत्केकोपाटी हुँदै पर्यटकीय क्षेत्र नगरकोट पुग्ने सडक ६ वर्षसम्म निर्माण समपन्न नभइ अलपत्र रहेको सडक अनुगमनका क्रममा सांसद बस्नेतले नगरकोट जाने सडक निर्माण सम्पन्न नभएका कारण दुई पटक अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरु हुन नसकेको जानकारी गराउनुभयो । उहाँले भिजिट नेपाल २०२० मा नगरकोटमा पर्यटक ल्याउन नसके भक्तपुर आर्थिक विकास र समृद्धिमा पछि पर्नु भएको बताउँदै निर्माण कम्पनी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
आगामी दिनमा अलपत्र हैन ठोस योजनाका साथ निर्माण सम्पन्न गरी नगरकोटको भाग्य र भविष्य खुल्ला गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारको अंगको रुपमा सडक विभाग तथा प्रविधिको रुपमा ठेगदार रहेको बताउँदै उहाँले ठेगदारले काम नगर्ने अनि गाली प्रधानमन्त्री तथा पार्टीका अध्यक्षलाई जाने गरेको दुःखेसो व्यक्त गर्नुभयो ।
समितिले बैठक बसेर सरकारलाई उचित निर्देशन दिने अपेक्षा गर्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सडक निर्माणको क्रममा जनस्तर तथा जनप्रतिनिधिबाट दिएको दवाप समितिको निर्देशन पछि प्रभावकारी तथा परणाममूखी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुरमा हुने धेरै समस्याहरु जनप्रतिनिधि, जिल्ला प्रशासन, प्रहरी, सम्बनधीत निकाय तथा सरोकारवाला व्यक्तिहरुबीच छलफलको माध्यमबाट समस्या समाधान भएको उदाहरण प्रस्तुत गर्दै काममा गुणस्तरियता कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उक्त निर्माणाधिन सडकमा प्रयोग गरिएको कमसल सामग्री रहेको बताउँदै उक्त सडकमा रकम थप गरेर भए पनि आसपाल लगाई पिच गरी गुणस्तरिय काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले डिपिआर गर्ने कम्पनीले बस्तुनिष्ट डिपिआर गर्नुपर्ने जसलाई सम्बन्धीत निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । प्राविधिक अध्ययन सामाजिक भौगोलिक रुपमा गर्नुपर्ने बताउँदै उहाँले सरकारी समस्याका कारण केही काममा अवरोध हुने गरेको तर भक्तपुरका अधिकाशं ठाउँमा समस्या नभएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा टेवलमा बसेर काम टुङ्ज्ञाउने कार्य भएको तर पछिल्लो समय डिपिआर गर्ने प्रणालीको विकासले केही मात्रामा समस्या हल हुँदै गएको छ । तर डिपिआर गर्ने कम्पनीले वस्तुनिष्ट नगर्ने गरेका छन् । यसलाई सम्बनधीत निकायले विशेष ध्यान दिनुपर्छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस