काठमाडौं-विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको आजको राजधानी दैनिकले समाचार छापेको छ |
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले सो धरौटी माग्ने आदेश गरेको हो । विशेष अदालतले नासु गुप्ताको तीन वटा मुद्दामध्ये सरकारी कागजात लुकाई भ्रष्टाचार गरेको अभियोगमा १ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।
नासु गुप्ताले आफ्नो अनियमिततासम्बन्धी कर्तुत लुकाउन गोप्य सरकारी कागज नष्ट गर्ने प्रयास गरेका थिए । कलैयाबाट सरुवा भएपछि राजस्व रसिद, लिखित दर्ता किताबसहित महŒवपूर्ण कागजात चालक नीरजकुमार गुप्ताको डेरामा लुकाएका थिए । गुप्ताको डेरामा छापा मारेर अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको थियो ।
त्यस्तै, मालपोत कार्यालय कलैया र सिमराबाट ७ करोड ९ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर अपचलन गरेको दुई वटा मुद्दामा धरौटी माग्ने आदेश भएको छ । कलैयामा रहँदा राजस्व छली गरेको अभियोगमा नासु गुप्तालाई २५ लाख रुपैयाँ धरौटी माग्ने आदेश भएको छ ।
उनले कलैयामा रहँदा नक्कली रसिद बनाएर २ करोड ५० लाख ८६ हजार ६ सय ४० रुपैयाँ राजस्व हिनामिना गरेका थिए । सक्कली रसिदबाटै संकलन गरिएको राजस्वसमेत व्यक्तिगत खातामा जम्मा गरेका थिए । २० कात्तिक २०७४ देखि २८ साउन २०७५ सम्म उठाइएको राजस्व हिनामिना गरेको खुलेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस