काठमाडौं- बाढी र डुवानका कारण प्रदेश नम्वर २ को कृषिमा मात्रै ३ अर्ब ५९ करोड रुपैयाँको क्षति भएको छ । असारको अन्तिम साता लगातारको बर्षाले गर्दा बाढी र डुवानका कारण बाली तथा पशुपन्छीमा ठूलो क्षति भएको हो ।
पशुपन्छी तर्फ करिव १ अर्ब ६२ करोड रुपैयाँको क्षति भएको छ । प्रारम्भिक तथ्याँक भएकाले थप विवरण आउन बाँकी छ । बालीतर्फ करीब १ अर्ब ९७ करोड रुपैयाँ बराबरको क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, अहिलेसम्म विभिन्न कृषि उत्पादन, पशुचौपायाँ र अन्य क्षेत्रमा बाढीले क्षति पुर्याएको छ । मकै, तरकारी, चैतेधान, बर्षेधान, ब्याड, अलैँची लगायत पोल्ट्री फर्ममा क्षति भएको छ । सबैभन्दा बढि बालीमा क्षेत्रमा बढि क्षति पुर्याएको छ ।
प्रदेश नम्वर २ का ८ जिल्लामा बाढी र डुवानबाट बढी प्रभावित भएको मन्त्रालयले जनाएको छ । रौतहट, पर्सा, बारा, सिराहा, सप्तरी, सर्लाही, महोत्तरी र धनुषा बाढी र डुवानले बढि क्षति पुगेका जिल्ला हुन । त्यसबाहे प्रदेशका अन्य जिल्लामा पनि बाढी र डुवानले क्षति पुर्याएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस