काठमाडाैं-ती विभागमा शीर्ष नेताहरुले नै आँखा लगाउँदा विवाद देखिएको छ । २०५० सालमा तत्कालीन एमाले विदेश विभाग प्रमुख रहेका माधवकुमार नेपालले महासचिव भएपछि सो विभाग छाडेका थिए ।
२०६४ सालमा भएको संविधानसभाको चुनावमा पार्टीको हार भएपछि महासचिवबाट राजीनामा दिएका नेपाल २०६६ सालपछि विदेश विभाग प्रमुख बनेका थिए ।
तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भइ बनेको नेकपाको विदेश विभाग प्रमुख उनैलाई बनाउने तयारी छ । २०४९ सालमा तत्कालीन एमाले प्रचार विभाग प्रमुख रहेका झलनाथ खनाल पनि एक पटक विदेश विभाग प्रमुख भइसकेका छन् ।
एकीकरणपछि बनेको नेकपाको नीति अध्ययन विभाग वा स्कुल विभाग खनाललाई दिने तयारी छ। २०५० सालमा ओली तत्कालीन एमाले प्रचार विभाग प्रमुख थिए। तत्कालीन एमाले महासचिव मदन भण्डारीको निधनपछि नेपाल महासचिव बने।
नेपाल महासचिव बनेपछि संगठन विभाग र उपमहासचिवको जिम्मेवारी लिएका वामदेव गौतम अहिले नेकपा किसान महासंघको अध्यक्ष छन्।
उनलाई संगठन विभाग प्रमुख दिने तयारी छ। अहिले नेकपा अध्यक्ष रहेका ओली पनि विगतमा एकपटक प्रचार विभाग प्रमुख, विदेश विभाग र स्कुल विभाग प्रमुख भइसकेका छन्।
पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले नै विभागीय प्रमुखमा रुचि लेखाएका छन् ।\
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीका ३२ विभागमध्ये प्रमुख ६ वटामा चारवटामा पूर्वएमाले र दुई वटा पूर्व माओवादी केन्द्रको भागमा लगाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस