काठमाडौं – ‘डान्स इन्डिया डान्स’२०१४ को उपाधि बिजेता तेरिया फौजा मगर बलिउडकै अर्काे टेलिभिजन रियालटी सो ‘झलक दिखला जा’को फाइनलसम्मको यात्रा तय गर्न सफल भएकी छिन् ।
भारतीय टीभी कलर्सले डान्स स्टार बीच प्रतिस्पर्धा गराएको यो प्रतियोगीतामा तेरिया भारतीय सिनियर डान्स स्टार बीच स्पर्धा गरिरहेकी छन् । विजेताहरु बीच प्रतिस्पर्धा रहने यो प्रतियोगिता भारतीय टीभी सोको सर्वाधिक पुरस्कार राशिको हो । प्रतिस्पर्धाको विजेताले ३० लाख भारतीय रुपैयाँको साथमा रेनाल्ड डस्टर ब्रान्डको कार जित्न सक्नेछिन् ।
१४ वर्षे तेरियाले डीआईडी विजेताको तर्फबाट ‘झलक दिखला जा’ सिजन ९ मा प्रवेश पाएकी हुन् । गत जुलाईमा सुरु भएको प्रतियोगीतामा १२ जोडी सिनियर महिला पुरुष डान्स सेलिबे्रटी छनोट भएका थिए ।
तेरियासहित ५ जना जुनियरलाई भने अक्टोबर ८ मा च्यालेन्जरका रुपमा प्रवेश गराइएको थियो । च्यालेन्जरका रुपमा प्रवेश पाएका मध्ये तेरिया मात्रै फाइनलमा पुगन सफल भएकी छन् । फाइनलमा उनले ‘डीआईडी’ सिजन १ का विजेता तथा ‘झलक दिखला जा’ का पूर्व विजेता सलमान युसुफ खान र वल्र्ड हिपहपका च्याम्पियनसिपका विजेता सानतनु महेश्वरीसँग प्रतिस्पर्धा गर्ने छिन् ।
फाइनलमा रहेको तीनजना मध्ये अहिलेसम्म तेरिया अगाडि रहेको बताइएको छ । प्रतियोगिताको उपाधिका लागि जनवरी १४ तारिखदेखि २१ सम्म एसएमएस र अनलाइन भोटिङ पनि खुल्ला हुँदैछ ।
तेरिया फाउन्डेसनले हालै बुटवलमा पत्रकार सम्मेलन गर्दै तेरियालाई भोटको अपिल समेत गरेको छ । कलर्स टीभीमा हरेक शनिबार दस बजेपछि यो कार्यक्रम प्रसारण हुँदै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस