काठमाडाैं-सत्तारूढ नेकपालाई पार्टी स्कुल विभागको नेतृत्व टुंगो लगाउन सकस परेको छ। विभाग नेतृत्वका आकांक्षी नेताहरू पछि हट्ने अवस्था नदेखिएपछि पार्टी सचिवालय बैठकसमेत प्रभाावित हुन थालेको छ।
साउन ५ यता विभागको जिम्मेवारी तोक्न दुईपटक सचिवालय बैठक तोकेरै पनि पार्टी नेतृत्वले स्थगित गरेको छ। साउन ७ र ९ लागि पार्टी सचिवालय बैठकको मिति अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले तोकेका थिए। तर बिहीबार बिहान नेतृत्वले एकाएक बैठक स्थगित गरे।
त्यसपछि नेताहरूले पूर्ववत् समूहमा छलफल तीव्र पारेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वएमालेतर्फका सचिवालय सदस्यले छलफल गरेका थिए भने अर्का अध्यक्ष दाहालले पनि विभिन्न नेताहरूसँग भेटघाट गरेका थिए।
वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीसँग आफूहरूको छलफल भएको बताए। उनले भने, ‘समसामयिक राजनीति, पार्टी एकता, जिम्मेवारीलगायतका विषयमा छलफल भयो। तर यसरी नै जिम्मेवारी तोक्ने विषयमा गहिरिएर कुराकानी भएन।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस