चितवन -पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन स्थित रत्ननगर नगरपालिकाको बजार क्षेत्रमा पर्ने सडकमा दैनिक दर्जन भन्दा बढी सबारी दुर्घटना हुदै आएको छ । एक बर्ष पहिले श्रेष्ठ कन्ट्रकसन प्रालिले निर्माण गरेको सडक पीच गरेको एक बर्षमै भत्किएपछि यतिबेला सडकमा ठुला ठुला खाडल परेका छन् ।
यसरि सडक बिग्रेको महिनौ भै सक्दा समेत सडक बिभाग तथा स्थानीय निकाय मौन रहेका छन् । सडक बिभागको मातहतमा पर्ने सडक रत्ननगर नगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने भएपनि रत्ननगरले कुनै चासो देखाएको छैन । सडक बिभागले सडक मर्मत गर्नको लागि श्रेष्ठ कन्ट्रकसालाई पटक पटक आग्रह गरेको बताईए पनि लेनदेनको बिबादको काँरणले गर्दा यात्रुले अकालमा ज्यान गुमाउने स्थिती शिर्जना भएको छ ।
यता रत्ननगर नगरपालिकाका मेयर नारायण वनले भने स्थानीय निकायले यो सडक मर्मतमा केहि गर्न नसक्ने भन्दै उम्कने गरेका छन् । मेयर वनलाई सडक मर्मतको लागि पहल गर्न हामीले पटक पटक आग्रह गर्दा समेत वनले स्थानीय निकायले केहि गर्न नसक्ने भन्दै उम्कने गरेका छन । आँफ्नो मातहतमा नपर्ने भन्दै नगरपालिका सडक मर्मत गराउन तर्फ ध्यान नदिदा उत्त सडकमा ठुलै दुर्घटना हुने अबस्था देखिएको छ ।
सडकमा खालडा खुल्डी परेको महिनौ सम्म रमिते बनेको रत्ननगर बिभिन्न सञ्चार माध्यममा समाचार प्रसारण भएपछि बिहिबार सडक बिभागलााई तत्कालै सडक मर्मत गरिदिन आग्रह गर्दै पत्राचार गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको गेटमै जोखिम
रत्ननगर नगरपालिकाको गेट नजिकै मात्रै दैनिक ६ देखि ८ वटा सामान्य किसिमका सबारी दुर्घटना हुने गरेका छन् । नगरपालिकाका मेयर उपमेयर तथा जन प्रनितिधिले सोबाटो दैनिक पटक पटक प्रयोग गर्ने गरेको भएपनि जनताको पीडा भने बुझन नसकेको स्थानीयको भनाई रहेको छ । स्थानीयका अनुसार नगरपालिका गेटकै आडमा पर्ने सडकमा दिनमा भन्दा पनि रातको समयमा अत्याधिक रुपमा बाईक पल्टने तथा ठुला सबारी साधनको पट्टा भाँचिने गरेका छन् ।
स्थानीयले महिनौ देखि कहियौ पटक सडकमा लडेका बाईकहरु उठाएर चालकको सामान्य उपचारको लागि अस्पताल पठाउने गरेको नगरपालिकाको गेटले देखे पनि जनप्रनिधिले नदेख्नु अचम्म भएको स्थानीयको भनाई छ ।
उत्त सडकमा दैनिक डिभाईडर प्रबेश गर्ने सबजी मण्डी अगाडी, टाँडी चोक, सौराहा चोक र रत्ननगर नगरपालिकाको गेट नजिकै बकुल्हर चोकमा बढीमात्रामा सडक दुर्घटना हुने गरेको छ । यता सडक मर्मतको बिषयमा निर्माण कम्पनिको लापरवाहीको काँरणले गर्दा यात्रहरुुले दुख पाएको बुझिन्छ । सडक बिभागले पटक पटक सडक मर्मत गर्न आग्रह गरेको भएपनि बिभागको आग्रहलाई निर्माण कम्पनिले अटेर गरेको सडक बिभाग चितवनका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस