काठमाडौं -कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नियमावली विवादमा अल्झिएको छ। महामन्त्री पूर्णबहादुर खड्काले २२ असारमा सुरु भएको बैठकमा १४ वटा एजेन्डा पेस गरेका थिए। २९ असारमा पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सहमति जुटेको थियो। यो अवधिमा नियमावली मस्यौदा संशोधन समितिले असन्तुष्टिको सम्बोधन गरेको छैन।
बाढी, पहिरो र डुबानको विपत्तिका कारण स्थगित बैठक बिहीबार पुनः बस्दै छ। नियमावली नबनेसम्म कांग्रेसको नयाँ विधान कार्यान्वयनमा आउँदैन। मस्यौदा समितिका संयोजक रमेश लेखक एक साताका लागि देशबाहिर रहेकाले यो मुद्दा सल्टिन केही समय लाग्न सक्ने देखिएको छ। यही विषयमा बुधबार पार्टी केन्द्रीय कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्यो। नियमावली कसरी पारित गर्नेदेखि अन्य एजेन्डाबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले आफूहरूले सभापतिलाई नियमावलीमा देखिएको असन्तुष्टिदेखि अन्य एजेन्डाबारे सुझाव दिएको बताए। ‘नियमावलीलाई लिएर पार्टीभित्र ठूलो असन्तुष्टि छ’, उनले भने, ‘एक दर्जनभन्दा बढी शुभेच्छुक संस्थाले पार्टीसँगको सम्बन्ध तोड्ने चेतावनी दिएका छन्।’ अघिल्लो साता नेपाल टे«ड युनियनको अगुवाइमा शुभेच्छुक संस्थाले नियमावली सच्याउन पार्टी नेतृत्वलाई दबाब दिएका थिए।
दोस्रो चरणको जागरण अभियान भदौ २४ देखि असोज ७ गतेसम्म हुने कार्यक्रम सार्वजनिक भइसकेको छ। २५ वैशाखदेखि २५ जेठसम्म पहिलो चरणको अभियान चलेको थियो। कांग्रेसले दोस्रो चरणको अभियानपूर्व पार्टीको प्रदेश, क्षेत्र र स्थानीय तहमा संरचना निर्माण गरिसक्ने जनाएको थियो। प्रदेश, क्षेत्र र स्थानीय तहमा नयाँ संरचनाअनुसार कांग्रेसको संगठन नरहेका कारण अभियान सञ्चालनमा समस्या आएको नेताहरूले जनाएका थिए। संघीय संरचनाअनुसार कांग्रेसको संगठन पुनर्गठन नगर्दा पार्टीभित्र र बाहिरबाट आलोचना हुँदै आएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस