काठमाडौं-ठेक्का ओगटने तर लामो समयसम्म काम नगर्ने १८ सयभन्दा बढी ठेकेदारमाथि छानबिन गरी कारबाही गर्न सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लिखित आग्रह गरेको आजको कान्तिपुर दैनिकले समाचार छापेको छ |
समाचार अनुसार गृह मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौताबमोजिम समयमै काम नगरेका ठेकेदारको नामसहित कारबाहीका लागि अख्तियारमा पठाइएको जानकारी दिए।
थापाले ठेक्कामा लापरबाही गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने कुरा भ्रष्टाचारसँग जोडिएको टिप्पणी गरे ।
‘गैरजिम्मेवार ठेकेदारलाई कारबाही गर्न र सुशासन कायम गर्न सकेनौं भने समृद्धि सम्भव छैन,’ उनले भने, ‘काम नगर्ने ठेकेदारलाई कानुनसम्मत ढंगले कारबाही प्रक्रिया अगाडि बढाएका छौं।’
मन्त्री थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरेर निर्माण व्यवसायीलाई ठीक ठाउँमा ल्याउने र विकास निर्माणका काम समयमै पूरा गर्ने गरी प्रयास भइरहेको जानकारी दिए।
अख्तियारका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाले ठेक्का ओगटेर लामो समयसम्म काम नगरेका निर्माण व्यवसायीमाथि छानबिन भइरहेको जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस