सोल – दक्षिण कोरियाको बुसान सहरमा रहेको आफ्नो कन्सुलेट कार्यालय अगाडी एउटा विवादास्पद मुर्ति राखिएपछि जापानले आफ्नो दुई कुटनीतिज्ञलाई फिर्ता बोलाएको छ ।
मुर्ति राखिएको विरोधस्वरुप टोकियोले दुई देशबीच हुने भनिएको मुद्रा साट्ने विषयमा हुने भनिएको उच्च स्तरीय आर्थिक बैठक रोक्ने निर्णय गरेको छ । जापनका प्रमुख क्याबिनेट सेक्रेटरी योसिहाइड सुगाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिए ।
गत डिसेम्बरमा नागरिक समूहले खडा गरेको उक्त मुर्तिले ‘कम्फर्ट वुमन’ लाई प्रतिनिधित्व गर्दछ । ती महिलाहरुलाई दोस्रो विश्व युद्ध ताका जापानी सेनाले यौन दासीको रुपमा प्रयोग गर्दैछ ।
‘उक्त मुर्तिले जापान र दक्षिण कोरियाबीचको सम्बन्धमा नकारात्मक असर पुर्याउनेछ, यो निकै दुःखद कुरा हो,’ सुगाले भने ।यसको विरोध स्वरुप जापानले दक्षिण कोरियाका लागि आफ्नो राजदूत र बुसानमा रहेको कन्सुलेटका प्रमुखलाई फिर्ता बोलाएको हो ।
यसबारे विज्ञप्ति जारी गर्दै दक्षिण कोरियाको विदेश मन्त्रालयले दुःख प्रकट गरेको छ ।दक्षिण कोरियाली मिडियाका अनुसार समूहले डिसेम्बर २८ मा नै उक्त मुर्ति राख्ने प्रयास गरे पनि प्रहरीले त्यसलाई रोकेका थिए । तर, त्यसको व्यापक विरोध भए पछि प्रहरीले कन्सुलेट अगाडीको सडकमा मुर्ति स्थापना गर्ने अनुमति दिएको थियो ।
दुई देशबीच यौनदासी बनाइएका महिलाको विवादबारे सन् २०१५ मा सम्झौता भउको थियो । त्यतिबेला जापानले ती महिलाहरुलाई सहयोग स्वरुप १ बिलियन येन दिने प्रतिबद्धता व्यक्त गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस