काठमाडौं- सौन्दर्यका लागि मेकअप गर्नु जति महत्वपूर्ण हुन्छ, उत्तिनै महत्वपूर्ण हुन्छ मेकअप उतार्नु पनि । मेकअप गर्नु महिलाहरुको लागि सौख मात्र नभएर आवश्यक्ता पनि हो । महिलाहरु समान्यतयाः दुई थरीका हुन्छन् । एक थरीका महिला यस्ता हुन्छन्, जो पार्टी जाँदा मात्र मेकअप गर्न रुचाउँछन् । अर्का थरीका महिलाहरु भने प्रत्येक दिन मेकअप गर्न रुचाउने खालका हुन्छन् ।
जो महिला हरेक दिन मेकअप गर्न रुचाउँछन् , मेकअप पश्चात्त अनुुहारको सफाई गनु पनि उनीहरुका लागि त्यति नै महत्वपूर्ण हुन्छ । तर मेकअप हटाउने भन्दैमा जस्तो पायो, त्यस्तै तरीकाले मेकअप हटाउँदा अनुहारलाई नोक्सान गर्न सक्छ । त्यसैले प्रत्येक पटक मेकअप हटाउँदा निश्चित विधि अपनाउन जरुरी छ ।
१. मेकअप हटाउनको लागि पानीले मुख धुने वा चिसो टिस्युको प्रयोग मात्र पर्याप्त हुन्न ।
२. मेकअप हटाउँदा सबैभन्दा पहिले आँखाको सफाई गर्न जरुरी छ । आखाको सफाईका लागि माइसेलर वाटर सबैभन्दा राम्रो प्रोडक्ट मानिन्छ ।
३. कपासलाई माइसेलर वाटरमा भिजाएर हल्का हातले अनुहारको सफाई गर्न सकिन्छ ।
४. यसपछि कपासको अर्को भागलाई माइसेलर वाटरमा भिजाएर यसलेआँखा बन्द गरी आँखाको मेकअप हटाउन सकिन्छ ।
५. अब चिसो पानीले मुख धोएर अनुहारमा मोइस्चराइजर क्रिमको प्रयोग गर्नुहोस् ।
६ . फुस्रो छाला भएका महिलाहरुले मेकअप हटाउनको लागि आयल क्लिनजरको प्रयोग गर्नुहोस् । आयल क्निजरले अनुहारलाई सुख्खा हुन दिदैन र मेकअपको साथमा अनुहारको क्षिद्रहरुको समेत राम्ररी सफाई गर्दछ ।
७. अनुहारको प्राकृतिक चमकका लागि सातामा एक पटक हल्का पिलिङ्ग गर्न जरुरी छ ।
८. कम उमेरका तथा कलिलो छाला भएका युवतीहरुले क्लिन्जर्स, टोनर्स, लोसन्स वा क्रिमको कमसे कम प्रयोग गर्नुपर्छ ।
चर्चित मेकअप आर्टिष्ट तारा केसी कार्कीले मध्य बानेश्वरमा ‘जेसिका मेकअप स्टुडियो एण्ड ब्युटी सलुन संचालनमा ल्याएकी छिन । सौन्दर्य सम्बन्धि केहि जानकारी लिनुपरेमा सम्पर्क गर्नु होला : ९८६००५३२९७
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस