काठमाडौँ-सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकले पहिलो पेजमा छापेको छ |
सम्भाव्यता अध्ययनबाट पहिलो चरणमा बूढानीलकण्ठदेखि सातदोबाटोसम्म २२ किलोमिटर लामो रेल्वे आर्थिक रूपमा फाइदाजनक हुने प्रतिवेदन आएपछि रेल विभागले डीपीआर तयार पार्न कम्पनी छनोट प्रक्रिया थालेको हो ।
विभागले डीपीआर तयार पार्न इच्छुक कम्पनीहरूसित प्रस्ताव (आरएफपी) मागेको थियो । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार २० कम्पनीले प्रस्ताव (आरएफपी) हालेका थिए । प्रस्तावकमध्येबाट मेट्रो रेल्वे निर्माणमा बढी अनुभव भएका ६ कम्पनी छनोट गरी विभागले उनीहरूसित डीपीआर तयार पार्नका लागि प्राविधिक र आर्थिक प्रस्ताव मागेको छ ।
ती कम्पनीको प्रस्ताव अध्ययनपछि साउन महिनाभित्रै उपयुक्त कम्पनी छनोट गरी डीपीआर निर्माण गर्न जिम्मा दिइने जानकारी मिश्रले दिए । डीपीआर तयार गर्न १२/१३ करोड रुपैयाँ लाग्ने अनुमान विभागको छ । ‘साउनभित्र डीपीआर तयार पार्न ६ वटा कम्पनीमध्येबाट एउटा छनोट गरिसक्छौं,’ मिश्रले कान्तिपुरसँग भने, ‘छनोट भएको कम्पनीले ढिलोमा डेढ वर्षभित्र डीपीआर तयार पार्नेछ ।’ डीपीआर तयार भएपछि संघीय राजधानीमा मेट्रो रेल्वे निर्माण प्रक्रिया अघि बढाउन बाटो खुल्नेछ । मिश्रका अनुसार बूढानीलकण्ठबाट महाराजगन्ज हुँदै चक्रपथै चक्रपथ सातदोबाटोसम्म रेल्वे बनाइनेछ ।
पाँच सय जनासम्म यात्रु बोक्न सक्ने मेट्रो हरेक २ देखि ३ मिनेटको अन्तरालमा आउजाउ हुने गरी रेल्वे बनाउने तयारी छ । बूढानीलकण्ठबाट सातदोबाटोसम्म त्यति क्षमताको रेल्वेका लागि यात्रु पर्याप्त पुग्ने र रेल आर्थिक रूपमा फाइदाजनक हुने सम्भाव्यता अध्ययनले देखाएको मिश्रले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस