नयाँ दिल्ली- बेलायती ट्याङ्करसँगै नियन्त्रणमा लिइएका भारतीय नागरिक रिहा गर्न भारतले इरानसँग आग्रह गरेको छ।
इरानी सामुद्रिक गार्डले बेलायती ध्वजाबाहक ट्याङ्करलाई हर्मुज क्षेत्रबाट नियन्त्रणमा लिने क्रममा इन्धन बोक्ने उक्त जहाजमा कार्यरत १८ भारतीयसहित अन्य कर्मचारीलाई पनि सुरक्षा नियन्त्रणमा लिइएको भारतीय अधिकारीले दावी गरेका छन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले एएफपीसँगलाई दिएको जानकारी अनुसार शुक्रबार बन्दार अब्वास बन्दर्गाहबाट कब्जामा लिइएको ट्याङ्करमा १८ जना भारतीय नागरिकले काम गर्थे र उनीहरूलाई ट्याङ्करसँगै नियन्त्रणमा लिइएको थियो।
इरानी अधिकारीका अनुसार बेलायती ध्वजाबहाक ट्याङ्करले माछामार्ने प्रयोजनका लागि समुद्रमा रहेको इरानी डुङ्गालाई ठक्कर दिएको र ‘अन्तर्राष्ट्रिय सामुद्रिक नियम’ को उल्लङ्घन गरेको आरोपमा ट्याङ्करलाई कब्जामा लिएको हो।
इरानी सुरक्षा गार्डले नियन्त्रणमा लिएका आफ्ना नागरिकको सुरक्षा र शीघ्र रिहाईसँगै भारतलाई हस्तान्त्ररण गराउनका लागिा इरानसँग कुराकानी भइरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
आणविक सम्झौताबाट अमेरिका फिर्ता भएपछि इरानमाथि अमेरिकाले गरेको आर्थिक प्रतिबन्धको घोषणाका कारण अमेरिका र इरानबीच देखिएको तनाव बढिरहेका समय पछिल्ला केही हप्ता इरानले आफूमाथिको प्रतिबन्धको प्रतिवाद गर्ने नाममा इरानी क्षेत्र भए पार हुने जहाजमाथिको निगरानीलाई कडा बनाएको छ।
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामाको पहलमा विश्व शक्ति राष्ट्रहरूले गरेको सम्झौता अमेरिकी पक्षमा नरहेको भन्दै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्षदेखि यसबाट फर्केको साथै इरानमाथि सम्झौता पहिले गरिएका आर्थिक नाकाबन्दी कायम रहने घोणणा गरेका थिए। ट्रम्प प्रशासनले इरानलाई नयाँ सम्झौताका लागि दबाब दिन नयाँ आर्थिक प्रतिबन्धको पनि घोषणा गरेको छ।
पछिल्लो समय अमेरिका इरान विवादले इन्धन कारोबारमा प्रयोग गरिने मध्यपूर्वी सामुद्रिक मार्गलाई प्रत्यक्ष प्रभावित पारेको छ।
ट्याङ्करमा एक फिलीपिनी, तीन रूसी र एक लाटभियाली पनि चालक दल सदस्यका रूपमा रहेका र उनीहरूलाई पनि नियन्त्रणमा लिइएको थियो।
इरानी अधिकारीले ट्याङ्कर र चालक दलका २३ सदस्यलाई बन्दर अब्वासस्थित बन्दगाहमा नियन्त्रणमा राखिएको जनाएका छन्।
यसैबीच बेलायतले उसको अर्को जहाजलाई पनि र्पियाली खाडीबाट कब्जामा लिइ केही समयपछि छोडिदिएको जनाएको छ।
इरानले जहाजहरूलाई एक पछि अर्को गदै कब्जामा लिएपछि बेलायत, फ्रान्स, जर्मनीलगायतका मुलुकले इरानको उक्त निर्णयले समस्यालाई थप बढाएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन्। उनीहरूले नियन्त्रणमा लिइएका जहाज र चालक दलका सबै सदस्यलाई विनाशर्त रिहा गर्न सुझाब दिएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस