पार्टी एकीकरण प्रक्रिया जारी रहेका बेला नेकपा सचिवालयमा प्रतिनिधित्व गर्ने ६ जना पूर्व एमाले नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टै बैठक गरेका छन्।
बिहीबार राति बसेको सो बैठकले एमालेको भागमा परेका विदेश विभाग प्रमुखमा बरिष्ठ नेता माधवकुमार नेपाल र संगठन विभाग प्रमुखमा सचिवालय सदस्य बामदेव गाैतमलाई पठाउने निर्णय गरेको नेकपा उच्च स्रोतले जनाएको छ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल नेकपाभित्र रणनीतिक रूपमा शक्तिशाली नेता हुन्। पूर्व एमालेका शक्तिशाली नेता गाैतम पछिल्लो समय अर्का अध्यक्ष पुष्पकमल दाहालसँग निकट छन्। अध्यक्ष र महासचिवले विभागीय जिम्मेवारी नलिने सहमतीसँगै संगठन विभागमा गौतम र विदेश विभागमा नेपालको नाम टुंगो लागेको हो।
नेकपामा ९ जना सचिवालय सदस्य छन्। बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओली तथा सचिवालय सदस्यहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल सहभागी थिए।
बैठकले पार्टी एकीकरणका लागि माओवादीसँग गरेको सहमतिअनुसार अघि बढ्ने निर्णय समेत गरेको छ।
‘एकीकृत पार्टीमा सन्तुलन मिलाएर अघि बढ्ने भन्ने विषयमा सर्वसम्मत निर्णय भएको छ’, स्रोतले भन्यो, ‘एमालेको भागमा परेको संगठन विभाग र विदेश विभाग प्रमुखमा क्रमशः बामदेव कमरेड र माधव कमरेडलाई पठाउने निर्णय भएको छ।’ साउन ५ गते बस्ने सचिवालय बैठकले यो निर्णयलाई औपचारिकता दिनेछ।
सो बैठकमा पूर्व माओवादीले अर्थ र प्रचार विभाग प्रमुखको नाम प्रस्ताव गर्नेछ।
बालुवाटार बैठकले पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनाललाई नीति अध्ययन प्रतिष्ठानको प्रमुख बनाउने निर्णय समेत गरेको छ। एकीकरण पूर्व एमालेमा पनि थिंक ट्यांकको रूपमा प्रतिष्ठान थियो। त्यसको नेतृत्व पनि खनालले नै गरेका थिए।
नेकपाका ३२ वटा विभागमध्ये १८ वटामा पूर्व एमाले र १४ वटामा पूर्व माओवादीले प्रमुखको जिम्मेवारी लिने सहमति यसअघि भइसकेको छ। ३५ जना सदस्य रहने हरेक विभागमा २० जना पूर्व एमाले र १५ जना पूर्व माओवादीबाट रहनेछन्। नेकपाको अर्को महत्वपूर्ण विभाग– स्कुल विभाग प्रमुखमा सहमति भैसकेको छैन। त्यो पदमा सचिवालय सदस्य ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी गरिरहेका छन्।
यसअघि जिल्ला इन्चार्ज पूर्व एमालेले ४४ र पूर्व माओवादीले ३३ लिने भनिए पनि दुई वटा जिल्लामा मिल्न बाँकी रहेकाले ४१ र ३६ हुने सम्भावना छ। सहइन्चार्ज एउटा जिल्लामा एकभन्दा बढी रहन सक्नेबारे छलफल भएपनि कतिजना राख्ने टुंगो लागेको छैन।
नेकपाले केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिष्ट मञ्च पनि स्थापना गर्ने भएको छ। २२१ जना सदस्य रहने परिषद्को अध्यक्ष पूर्व एमालेका केशव बडाल रहने छन्। त्यत्ति नै सदस्य रहने मञ्चको अध्यक्ष पूर्व माओवादीका एनके प्रसाईं रहने सहमति भइसकेको छ।
नेकपाका ३ वटा केन्द्रीय आयोगहरूमध्ये २ वटामा पूर्व एमालेबाट प्रमुख र एउटामा पूर्व माओवादीबाट प्रमुख रहने छन्। लेखा परिक्षण आयोगको प्रमुख डा. पुष्प कँडेल रहने सहमति भएको छ। अनुशासन आयोग प्रमुखमा अमृत बोहराको नाममा अध्यक्ष ओली सहमत नभएपनि उनी नै रहने संभावना छ।
नेकपाको निर्वाचन आयोगको प्रमुखमा पूर्व माओवादीबाट संभवतः अमिक शेरचन रहने छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस