काठमाडाैं-यातायातधनीले आर्थिक बर्ष २०७५-०७६ का लागि सवारी साधन दर्ता नविकरण नगरेको अबस्थामा उसले सो वापत दोब्बर जरिवाना बुझाएर नयाँ आर्थिक बर्षका लागि दर्ता गर्नुपर्ने भएको छ । उदाहरणका लागि आर्थिक बर्ष २०७५-०७६ का लागि सवारी दर्ता नविकरण गर्न पाँच हजार रुपैयाँ लाग्ने थियो भने उसले जरिवानासमेत गरी गत बर्षको १० हजार र यस बर्षको पाँच हजार गरी १५ हजार रुपैयाँ बुझाउनु पर्ने भएको छ ।
प्रदेश सरकारले पारित गरेको गत आर्थिक बर्ष र यस बर्षको आर्थिक ऐनमा सवारी साधन दर्तामा शत प्रतिशत जरिवाना लगाउँन सकिने प्रावधान नभए पनि मातहतका यातायात कार्यालयहरुलाई परिपत्र गर्दा शत प्रतिशत जरिवाना असुल्न भनिएको छ । आर्थिक ऐनमा प्रदेशको सवारी दर्ता नियमहरु प्रचलित कानून अनुसार हुने भनिएको छ तर केन्द्र सरकारले यस अघि अबलम्बन गर्दै आएको सवारी साधन दर्तामा तीन महिना छुट र ३० प्रतिशत जरिवानाको नीति अश्वीकार गरेर प्रदेश सरकारले अन्यायपूर्ण नियम लादेपछि अदालतमा मुद्धा पर्ने संभावना बढेको छ ।
प्रदेशको आर्थिक ऐनमा विद्युतीय सवारी साधनलाई कर नलाग्ने र पाँच बर्षको एकमुष्ठ कर तिरेमा १० प्रतिशत छुट पाईने जस्ता सुविधा भए पनि एक दिन ढिला हुँदा पनि शतप्रतिशत जरिवाना तिर्नुपर्ने नियम भने धेरै आलोच्य बनेको छ । प्रदेश सरकारका एक अधिकारीले शतप्रतिशत जरिवाना लाग्ने नियम आफ्नो यातायात ऐनमा भएको ब्यवस्था अनुरुप लागू गरिएको दावी गरेका छन् ।
यातायात ब्यवस्था बिभागका सूचना अधिकारी तीर्थराज खनालले यातायात कार्यालयहरु प्रदेश सरकार मातहत गएकाले आफुले केन्द्रबाट केही भन्न नसक्ने बताए । उनले शतप्रतिशत जरिवाना तोकिएको कुरा भने आफुले पनि सुनेको स्वीकार गरे ।
प्रदेश नम्बर ३ का यातायात मन्त्रीको जिम्मेवारी मुख्यमन्त्री डोरमणि पौडेल आफैले सम्हालेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस