काठमाडौँ – नेपाल टेलिभिजनलाई लाखौँको घाटा र भिक्षु आनी छोइङ डोल्मालाई विवादमा घसेटेको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको अवशान भएको छ ।
बुधबार मात्र (श्रावण १) सोल्टी होटलमा प्रधानमन्त्री केपी शर्मा ओली उनको मन्त्रीमण्डलका सदस्य र उच्चपदस्थ निजामती तथा सुरक्षा निकाय पदाधिकारीसँगै सत्ताधारी पार्टीसँग विभिन्न हैसियतमा निकट रहेका आमन्त्रितहरुको उपस्थितिमा भव्यताका साथ मनाइएको ‘वर्षगाँठ’ कार्यक्रमको बिदाई पनि थियो भन्ने कमैलाई अनुमान थियो ।
पार्टी कार्यकर्ता तथा प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालका निकट मानिने मनोज पाण्डेको संस्था ‘कथा नेपाल’ बाट सञ्चालित उक्त कार्यक्रमले नेपाल टेलिभिजनलाई उसको समय बापत रकम नतिरेको र आफू खुशी विज्ञापन संकलन गरेको आरोप सञ्चारमाध्यममा आइरहेका थिए ।
पहिलो कार्यक्रममा प्रधानमन्त्री ओलीको ‘तुइन’ विस्थापनको घोषणामा आधारित थियो । ‘रेकर्डेड’ कार्यक्रममा भिक्षु आनी छोइङ डोल्माले उक्त पवित्र कार्यक्रममा सांकेतिक सहयोगका रुपमा रु. एक करोडको चेक हस्तान्तरण गरेकी थिइन् ।
राष्ट्र बैंकले अहिले बाहिरबाट उनको नाममा आएको करिब १८ लाख डलर रोक्का गरेको छ । पाण्डेको संस्थाले अब लेखापढी डट कम नामक अनलाइन सुरु गर्ने बुझिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस