काठमाडाैं-कतारमा हुने विश्वकप २०२२ तथा चीनले आयोजना गर्ने एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको ‘ड्र’ सार्वजनिक भएको छ । मलेसियाको क्वालालम्पुरस्थित एसियन फुटबल कन्फिडेरेसनको मुख्यालयमा भएको ड्रमा नेपाल समूह ‘बी’मा परेको छ ।
एसियाका ४० देशलाई ५ पटमा बाँडेर फिफाका प्रतियोगिता निर्देशक क्रिस्टियन अंगर र अस्ट्रेलियाका फुटबल लेजेन्ड टिम काहिलले संयुक्त रुपमा गरेको ड्रबाट ८ समूहमा विभाजन गरिएको थियो ।
नेपाल रहेको समूह ‘बी’मा अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन् । १६५औं स्थानमा रहेको नेपाल फिफा र्याङकिङका आधारमा आफ्नो समूहको सबैभन्दा कमजोर टिम हाे । विश्वकप २०१८ मा सहभागी भएको अस्ट्रेलिया ४३औं स्थानमा छ भने जोर्डन ९८औं स्थानमा छ । यस्तै, चाइनिज ताइपेई १२५औं स्थानमा छ भने सबैभन्दा नजिक रहेको कुवेत १५६औं स्थानमा छ ।
विश्वकप २०१८ को छनोटमा भारतसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको नेपाल ८ वर्षपछि विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो । ४० देश सहभागी दोस्रो चरणको छनोटमा शीर्ष १२ मा परेमा नेपाल विश्वकप छनोटको अन्तिम चरणमा प्रवेश गर्ने भने २०२३ मा हुने एसियन कपमा स्वतः छनोट हुने छ ।
८ समूहका विजेता तथा ४ उत्कृष्ट उपविजेता गरी कुल १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा प्रवेश गर्नेछन् भने एएफसी एसियन कप २०२३ मा पनि आफ्नो स्थान सुरक्षित गर्नेछन् । २४ टिम सहभागी रहने एएफसी एसियन कपको रिक्त १२ स्थानका लागि बाँकी टिममध्येका शीर्ष २४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
दोस्रो चरणका छनोेट खेल राउन्ड रोबिन आधारमा ५ सेप्टेम्बर २०१९ देखि ९ जुन २०२० सम्म खेलिनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस