सोल -सामसुङले सोमबार ग्यालेक्सी ए सिरिजका तीन स्मार्टफोन बजारमा ल्याउने घोषणा गरेको छ। ग्यालेक्सी नोट ७ को ब्याट्रीमा खराबी देखिएपछि पहिलो पटक सामसुङले आफ्नो नयाँ उत्पादन बजारमा ल्याउन लागेको हो।
यही महिना सामसुङले ग्यालेक्सी ए ३, ए ५ र ए ७ नामक फोन बजारमा ल्याउने भएको छ। स्क्रिनसाइज अनुसार फरक यी स्मार्टफोन सामसुङले सबैभन्दा पहिले रुसको बजारमा उतार्दै छ। ए ३ को डिस्प्ले ४.७, ए ५ को ५.२ र ए ७ को ५.७ इञ्च रहने जनाइएको छ। यी स्मार्टफोन डस्ट एन्ड वाटर रेसिस्टेन्ट भएको जनाइएको छ।
त्यसैगरी यी फोनमा १६ मेगापिक्सेलको क्यामरा, फिंगरप्रिन्ट सेन्सर, मेटल फ्रेम र ३ डी ग्लासजस्ता विशेषता रहेनेछन्। ग्यालेक्सी एस सिरिजका फोनहरुको विकल्पमा बजारमा ल्याइन लागिएका यी फोन सस्तो हुने र अधिकतम इन्टरनल स्टोरेज ३२ जिबी रहने जनाइएको छ। यी फोनका बजार मूल्य घोषणा गरिएको छैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस