काठमाडौं – अहिले मोबाइल फोन हरेक मानिसको दैनिक जिवनको निकै महत्वपूर्ण हिस्सा बनिरहेको छ । मानिस नखाइकन बरु २/४ दिन रहन सक्ला तर फोनबिना एकपल पनि जिउन नसक्ने भैसकेको छ ।
कतिपय मानिसहरु त मोबाइल फोनलाई एकछिन पनि छाड्न सक्दैनन् । मोबाइल फोन चलाइरहने लत बसेको हुन्छ र ट्वाइलेट जाँदा पनि मोबाइल फोन सँगै लगेर चलाइरहन्छन् । यस्ता मानिसहरुलाई मोबाइलबिनाको ट्वाइलेट बसाई निकै अधूरो लाग्छ ।
कतिपयले दिसा पिसाब गरिरहँदा समेत मोबाइलमा गेम खेल्न तथा च्याट गर्न मन पराउँछन् । तर यदि तपाईं पनि दिसापिसाव गर्न ट्वाइलेटमा जाँदा समेत मोबाइल लग्नुहुन्छ भने तपाईंका लागि नराम्रो खबर छ ।
तपाइँले ट्वाइलेटमा समेत मोबाइल फोन चलाइरहने बानी बसाल्नुभएको छ भने बुझ्नुहोस्, तपाइँले आफ्नो स्वास्थ्यसँग खेलवाड गरिरहनुभएको छ । ट्वाइलेट गर्दा बाथरुममा आफूसँगै मोबाइल लग्ने र ट्वाइलेटमा पनि मोबाइल चलाइरहने बानीले कैयौँ गम्भीर रोगहरुलाई निम्तो दिन्छ ।
रोगविज्ञहरुका अनुसार हामीले बाहिर प्रयोग गर्ने कुनैपनि चिजलाई ट्वाइलेट भित्र लग्नु हुँदैन । जब तपाइँ ट्वाइलेटमा फ्लस गर्नुहुन्छ तब पानीसँगै पिसाब र अन्य फोहोर पदार्थका कणहरु ६ फिट माथिसम्म उड्दछन् । जति धेरैपटक फ्लस गरिन्छ उति नै धेरैपटक र धेरै मात्रामा यी हानिकारक पदार्थहरु ट्वाइलेट भित्रको हावामा फैलिन्छन् ।
ट्वाइलेटमा राखिने ट्वाइलेट पेपर होल्डरमा सबैभन्दा धेरै किटाणुहरु रहेका हुन्छन् । तर धेरै मानिसले सोही पेपर होल्डरमा आफ्नो फोन राख्दछन् । जसका कारण फोनमा किटाणुहरु सर्दछन् ।
ट्वाइलेटमा फोन लैजानाले इकोली, साल्मोनेला टाइफी, डिफिसाइल जस्ता ब्याक्टेरियाहरु फोनमा टाँसिन्छन् । फोनमा टाँसिएर आएका ती किटाणुहरुबाट मानिसमा धेरै खालका संक्रमण हुने जोखिम रहन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस