सोल – जात्रा फिल्मले प्रद्दर्शनको ५१ दिन मनाएको छ । हाउसफुलका साथ चलिरहेको जात्राले सनिबार बिशेष कार्यक्रम गरि प्रदर्शनको ५१ दिन मनाएको हो । नेपालमा दर्शकको ब्यापक माया बटुलेको जात्रालाई दक्षिण कोरियाका नेपालीहरुले पनि प्रशंशा गरेका छन ।
दक्षिण कोरियाको जिन्जु र बुसानमा गरिएको प्रदर्शनमा उपस्थित दर्शकहरुले जात्राको खुलेर प्रशंशा गरेका थिए । उल्लेख दर्शकहरुले हल भरिएका ति स्थानहरुमा चलचित्रका मुख्य कलाकारहरुको अभिनयको तारिफ गरे । चलचित्रको कथाबस्तुले लोभ्याएको उनिहरुले प्रतिक्रिया दिए ।
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाद्वारा प्रदर्शित जात्रा जनवरी ८ मा छिन्छ्न र थेगुमा लाग्दैछ भने सोलमा जनवरी १५ मा प्रदर्शन गरिने छ । नेपालमा ५१ दिनको व्यवसायिक सफलता प्राप्त गरेको चलचित्रलाई ति स्थानका दर्शकहरुले व्यग्र प्रतिक्षा गरेका छन ।
परोपकारी कोष स्थापनाका लागि प्रदर्शित चलचित्रको शोका लागि ति सबै स्थानहरुमा तयारी पुरा गरिएको छ । दक्षिण कोरियामा पहिलोपटक जात्रालाइ छिन्छ्न शहरमा मेघा बक्स हलमा प्रदर्शन गर्न लागिएको छ । मेघाबक्स सिनेमा हल अत्याधुनिक अन्तराष्ट्रिय सिनेमा हल हो ।
मौलिक संबाद र कलाकारको प्राकृतिक अभिनयले दर्शकको मन तानेको छ । रंगमंचबाट ठुलो पर्दामा आएका बिपिन कार्की ,रबिन्द्र सिंह बानिया रबिन्द्र झाको संबाद कलालाई धेरैले मन पराएका छन । नेपाली चलचित्र नाइँ नभन्नु ल ४ बाट डेब्यु गरेकी वर्षा राउतले एकपछि अर्को सफलता हात पारेकी छन छक्का पन्जामा दरिलो अभिनय गरेकी राउतको जात्राको अभिनय दमदार रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस