काठमाडौँ – जिल्ला अदालत कञ्चनपुरले सर्तसहितको एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको फैसला सुनाएपछि पत्रकार खेम भण्डारीले पुनरावेदन जाने बताएका छन् ।
अदालतले माफी मागे कैद र जरिवाना कार्यान्नयन नहुने फैसला गरेका बेला भण्डारीले माफी नमाग्ने बरु जेल जान तयार रहेको बताए ।
‘मैले कुनै गल्ती गरेको छैन, जिल्ला अदालतको फैसलालाई सम्मान छ, म कानून बमोजिम पुनरावेदन जान्छु, सर्वाेच्चसम्म जान्छु, यदि सर्वाेच्चले पनि कैद र सजायको फैसला गरे त्यसलाई मान्न तयार छु, तर माफी माग्दिनँ, किनभने मैले कुनै गल्ती गरेको छैन’, भण्डारीले भने ।
उनले पुनरावेदन जान कानून व्यवसायीहरुसँग सल्लाह गरिरहेको बताए ।
भण्डारीविरुद्ध नेपाल वार एसोसिएसन कञ्चननपुरले अवहेलना मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा जिल्ला न्यायाधीश डा. सुरेन्द्र प्रसाद आचार्यको इजलासले एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
तर भण्डारीले फेसबुक र पत्रिकामा अदालतविरुद्ध लेखेका सामग्री हटाएर आत्मालोचना गरेमा कैद र जरिवाना कार्यान्नयन नहुने आदेशमा उल्लेख छ ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा भण्डारीले आफ्नो फेसबुक र पत्रिकामार्फत अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस