काठमाडौं – चौथो साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा नेपाल भारतसँग ३-१ गोल अन्तरले पराजित भएको छ । अघिल्लो तीन वटै संस्करणमा फाइनलमा भारतसँग हारेको नेपाल यसपटक पनि सेमिफाइनलमा भारतसँगै हार्यो ।
भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा स्टेडियममा खेलको ४४ औँ मिनेटमा भारतकी कमला देवीको गोलले नेपाल पहिलो हाफमा १–० ले पछि परेको थियो । ५९ औँ मिनेटमा भारतकी इन्दुमतीको गोलले नेपाल २–० ले पछि परेको हो ।
७५ औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै नेपालकी सावित्रा भण्डारीले गोल गरेर खेल २–१ को स्थितिमा पुर्याइन । फेरि ८४ औँ मिनेटमा सस्मिता मल्लिकको गोलले नेपाल ३–१ को स्थितिमा पुगेर खेल हारेको हो ।
आइतबार भारत बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल र भारत सेमिफाइनलमै भेटिएका थिए । नेपाल समूह विजेता र भारत उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् ।
खेलअघि प्रतिक्रिया दिँदै नेपालका प्रशिक्षक कुमार थापाले बलियो मनस्थितिमा भएकाले खेल जित्ने विश्वास गरेका थिए । उनले भनेअनुसारको खेल भने प्रदर्शन हुन सकेन । नेपालले पाएका केही गोलका राम्रा अवसर खेल फाल्दा यसपटक पनि नेपाली टोलीमाथि भारत नै हाबी रह्यो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस