काठमाडौँ-नेपाली कांग्रेसमा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई पार्टीको समानान्तर निकाय बनाउन लागिएको भन्दै आलोचना सुरु भएको छ।
केन्द्रीय समितिको बैठकमा संस्थापन इतर समूहका नेताहरुले प्रतिष्ठानले पार्टीको समानान्तर गतिविधी गर्न पाउने गरि नियमावली बनेको आरोप लगाएका छन्।
असार २२ देखि सुरु भएको बैठकमा संस्थापन इतरपक्षका अधिकांश नेताहरुले प्रतिष्ठान प्रावधान प्रति आपत्ति जनाएका छन्।संसोधित नियमावलीमा प्रतिष्ठानलाई जिल्ला र प्रदेशमा कार्यसमिति गठन गर्नसक्ने प्रावधान छ। कांग्रेसको विधानमा भने ‘प्रदेश तथा जिल्लामा तोकिए बमोजिम कार्य सञ्चालन गर्ने’ व्यवस्था छ। कार्यक्षेत्र, कार्ययोजना,सचिवालय सम्वन्धि अन्य व्यवस्था तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।
आइतबारको बैठकमा नेता कृष्ण प्रसाद सिटौला र महेश आचार्यले प्रतिष्ठानको सन्दर्भमा गरिएको व्यवस्थाको चर्को आलोचना गरे। सिटौलाले भने,‘केन्द्रीय कार्यसमितिबाट अनुमोदन नभएका कार्यक्रम गर्न प्रतिष्ठानलाई अधिकार हुँदैन।केन्द्रीय समितिलाई बाइपास गरि भएका निर्णय मान्य हुँदैन।’ अर्का नेता महेश आचार्यले उपसभापति विमलेन्द्र निधि मातहतको प्रतिष्ठानले पार्टी सभापतिलाई ओझेल पार्ने गरि केन्द्र देखि जिल्लामा गतिविधि गर्नसक्ने आंकलन गरे।
प्रतिष्ठानले पार्टीले लिनुपर्ने नीति निर्माणमा सहयोग पु¥याउने कार्य गर्दछ। संगठन विस्तारको लागि सहयोग पु¥याउन अध्ययन अनुसन्धान गर्ने प्रतिष्ठानको क्षेत्राधिकार रहेको छ। क्रियाशिल सदस्यले नविकरण गर्नुपूर्व पार्टीको आधारभूत प्रशिक्षण प्रतिष्ठानले उपलब्ध गराउने विधानमा उल्लेख छ। साथै,पार्टी नीति,अनुसन्धान, प्रशिक्षण, पार्टी साहित्य,पाठ्य सामाग्री प्रकाशन गर्ने जिम्मेवारी प्रतिष्ठानको छ। समानान्तर शक्ति केन्द्र बन्ने डर नेताहरुमा छ। नियमावलीले प्रतिष्ठानलाई क्षेत्राधिकार मिच्न सहज बनाईदिएको नेताहरुको आरोप छ।
चैतको अन्तिममा साता गठन गरिएको प्रतिष्ठानको प्रमुखमा उपसभापति निधि छन्। प्रतिष्ठानको प्रमुखमा उपसभापति विमलेन्द्र निधि छन्। विधानमा बढिमा ५१ सदस्यीय प्रतिष्ठान बनाउने व्यवस्था छ।सदस्यमा चयन भएका ३८ जनाको नाम सार्वजनिक गरिएको छ। १० जना सदस्य थपेको बताइएपनि नाम सार्वजनिक गरिएको छैन। प्रतिष्ठानको कार्यकारी निर्देशकमा पुर्षोत्तम दाहाल चयन भएका छन्। प्रतिष्ठानमा सभापति देउवा पत्नि आरजु देउवा पनि सदस्य छन्।
बैशाख १९ मा भएको प्रतिष्ठानका सदस्यलाई सभापति देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी हुने गरि नीति बनाउन निर्देशन दिएका थिए।
पार्टीमा अनुशासनको कमि भएको बताएका उनले प्रशिक्षणलाई प्राथमिकता दिन सुझाएका थिए।
नेपाली कांग्रेसको संसोधित विधानको ३६ औं दफामा केन्द्रिय नीति,अनुसन्धान तथा प्रशिक्षण गठन गर्ने प्रावधान छ। पार्टी सभापतिले पदाधिकारीबाट प्रतिष्ठानको प्रमुख चयन गर्ने व्यवस्था छ। प्रतिष्ठानका कार्यकारी निर्देशक दाहालले प्रतिष्ठान आफैले नियमावली नबनाउने हुँदा केन्द्रीय समितिबाट पारित हुने नियमावली अनुरुप सञ्चालन हुने बताए।
प्रतिष्ठानले देशभर प्रशिक्षण गर्ने गरि कार्यतालिका बनाएके छ। जागरण अभियान अन्तर्गत प्रतिष्ठानका कार्यक्रम पनि परिचालित हुने बताइएके छ।
को को छन् नीति प्रतिष्ठानमा?
१. डा. आरजु देउवा (डडेल्धुरा)
२. ध्रुव वाग्ले (तनहुँ)
३. डिकबहादुर लिम्बू (मोरङ)
४. मनोहरनारायण श्रेष्ठ (धनकुटा)
५. तुलसीनारायण श्रेष्ठ (लम्जुङ)
६. सुभाष पोखरेल (खोटाङ)
७. रञ्जित कर्ण (सप्तरी)
८. मोख्तार अहमद (सिरहा)
९. मधु शाही (बारा)
१०. डा. सूर्य ढुंगेल (महोत्तरी)
११. डा. जगदीश चन्द्र पोखरेल (तनहुँ)
१२. डा. गोविन्दराज पोखरेल (प्यूठान)
१३. खिलानाथ दाहाल (ओखलढुंगा)
१४. तारानाथ दाहाल (सिन्धुपाल्चोक)
१५. केशव निरौला (मोरङ)
१६. छन्दबहादुर पहराई (गुल्मी)
१७. गेजा शर्मा वाग्ले (काठमाडौं)
१८. प्रा. अमुदा श्रेष्ठ (काठमाडौँ)
१९. प्रसिस महरा (डोटी)
२०. किशोरदत्त बराल (कास्की)
२१. कमला लामिछाने (गोरखा)
२२. भगिरथ पोद्धार (झापा)
२३. राजकुमार नकर्मी (काठमाडौँ)
२४. प्रमोदहरि गुरागाँई (काठमाडौं)
२५. नानुमैयाँ बाँस्तोला (काठमाडौँ)
२६. भद्रा भण्डारी पराजुली (काठमाडौँ)
२७. राजु नेपाल (भक्तपुर)
२८. रामजी कंग्रेन (धनकुटा)
२९. लालबहादुर पुन (बाग्लुङ)
३०. शम्भु जोशी (दार्चुला)
३१. सरस्वती गुरुङ (कास्की)
३२. देविका नेपाली (दाङ)
३३. डोल्मा तामाङ (सोलुखुम्बु)
३४. कान्ता रिजाल (पाँचथर)
३५. मदन कट्टेल (रूपन्देही)
३६. सुष्मा तिवारी (पर्सा)
३७. बीरेन्द्र साह (सुनसरी)
३८. दीपक अधिकारी (सर्लाही)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस