काठमाडाै-मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टा देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले सूचना जारी गर्दै देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको हो।
उक्त वर्षाले देशका पहाडी भूभागमा पहिरो जाने तथा तराईमा बाढी आउन सक्ने उल्लेख गर्दै आगामी २४ घन्टासम्म सतर्कता अपनाउन प्रभावित क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ।
साथै हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिबिलिटीका कारण अवरोध आउन सक्ने महाशाखाले उल्लेख गरेको छ।
महाशाखाका मौसमविद्का अनुसार मनसुन न्यून चापीय रेखा अहिले नेपालको तराई भूभागमा अवस्थित छ । जसका कारण मनसुनी गतिविधि देशभर सक्रिय अवस्थामा छ।
अहिले देशका मध्य तथा पूर्वी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली छ। पश्चिमी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली छ।
अहिले पश्चिमी तथा मध्य भूभागका केही स्थानमा तथा पूर्वी क्षेत्रका धेरै स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस