काठमाडौं- अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट ४३ जनाको मृत्यु भएको छ ।
मृतकहरु मध्य १८ जना महिला र २५ जना पुरुष रहेको प्रहरीले जनाएको छ ।
मृतकहरुको संख्या (४३ जना ) :
अविरल वर्षात र सो का कारण सिर्जित बाढि पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ ,ओखलढुंगा र काभ्रेमा ३/३ जना, धादिङ , झापा, सिन्धुलीमा २/२ जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा , धनुषा चितवन र डोल्पामा १/१ जना गरी ४३ जनाको मृत्यु भएको छ । मृतकहरु मध्य १८ जना महिला र २५ जना पुरुष रहेको छ।
उद्धार गरिएको संख्या (११०४ जना ) :
बाढी पहिरोमा परेका महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाडौंमा १ सय ८५ जना, सर्लाहीमा १०० जना, सिन्धुलीमा ७० जना, सप्तरीमा २५ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी जम्मा ११ सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ प्रहरीले जनाएको छ ।
घाईते हरुको संख्या ( २० जना )
बाढी पहिरोमा परी मकवानपुरमा ४ जना, धनकुटामा ३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २ जना, खोटाङ्ग, धादिङ्ग, चितवन, दोलखा र रामेछापमा १/१ जना गरि २० जना घाईते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
बेपत्ताहरुको संख्या (२४ जना)
सिन्धुली ६ जना, ईलाम र मोरंगमा ३/३ जना, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ्ग, काठमाडौं, ललितपुरमा १/१ जना गरि २४ जना बेपत्ता भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस