पाँचथर, असार २९
पाँचथर हिलिहाङ ७ भारपाको सल्लेरीमा ५४ वर्षिय कुमार राई सुभाङतर्फ जाने सडकको भित्तामा ढुंगाको गारो लगाउँदै थिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रम लेखिएको एप्रोन लगाएका उनीसँगै थिए, ५० वर्षिय गौरी तामाङ सहित अन्य आधा दर्जन वढि ।
उनीहरू मध्ये कोही गारो लगाउने त कोही ढुङ्गा बोक्ने काम गर्दै थिए । कार्यक्रमको अनुगमनको क्रममा पुगेका संघिय सांसद बसन्तकुमार नेम्बाङ सहितको टोलिमा देखिएको दृष्य हो यो ।
स्थानीय स्तरमा बेरोजगार भएकाहरूलाई रोजगार दिने सरकारको कार्यक्रम ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तरगत रोजगारी पाएका उनीहरू निक्कै खुसी थिए । ‘काम पाएर राम्रो भो । वेलामा पानी परेन खेतीपाती भएन ।’ रोजगार पाएका कुमारले भने, ‘खाने माध्यम त भयो नै बालबच्चालाई पढाउन पनि काम दियो साथै आफ्नै गाउँमा काम गर्ने अवसर पनि पाइयो । काम पाइरहे ढुक्कै गर्नेथेँ ।’ सरकारी जागिरे कोही पनि नभएको उनको घरबाट कोही पनि बिदेशी पनि गएका छैनन् ।
हिलिहाङ गाउँपालिकाले गाउँपालिकाको ७ वटै वडामा गरि राई जस्तै १७५ जना बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार दिएको छ । गाउँपालिकाका प्रवक्ता मदन गौतमले बेरोजगार गाउँपालिका बासीलाई प्रतिदिन ६३० रूपैयाँको दरले १५ दिनको रोजगार दिएको बताए । कूल बजेट २१ लाख मध्ये प्रशासनिक खर्च सँगै एप्रोन लगायतको खर्च कटाएर करिब १६ लाख रूपैयाँको रोजगार दिइएको हो ।
जिल्लाको सदरमुकाम रहेको फिदिम नगरपालिकामा पनि सोही कार्यक्रम अन्तरर्गत १ सय ७५ जना बेरोजगारले रोजगार पाएका छन् ।
फिदिम–१ स्थित शनिवारे हटिया लगाउने भनिएको क्षेत्रमा हटियाका लागि जग्गा सम्याउने काम गरिरहेकी ताप्लेजुङको डुम्रिसे घर भई फिदिम २ पल्लोटारमा बस्दै आएकी कोपीला भण्डारीले काम निरन्तर पाए जीविका चलाउन सजिलो हने बताइन् । उनले घरमा रोजगार पाएका कोही नभएको भन्दै सरकारले यस्तै रोजगार दिए हुन्थ्यो भनिन् ।
फिदिम ३ लालीखर्क घर भई फिदिम बजारमै बस्दै आएकी रनकुमारी राईले पनि आफूजस्ता बेरोजगारहरूले रोजगार पाउँदा खुसी भएको बताइन् । सरकारले बेरोजगारलाई छोटो अवधिको रोजगार दिएर भएपनि ठीक गरेको उनको भनाई थियो ।
नगरपालिकाको रोजगार संयोजक लक्षिमा लामाले नगर क्षेत्रका बेरोजगारहरूलाई १५ दिनको रोजगार दिएको बताइन् । अव यो आर्थिक वर्षको कार्यक्रम समापनको चरणमा पुगेको छ ।
जिल्लाको मिक्लाजुङ बाहेकका स्थानीय तहहरूले बेरोजगारहरूलाई सडकमा सोलिङ गर्ने, सडक क्षेत्रमा गारो लगाउने, कुलो नाली बनाउन लगाउने देखि खानेपानी आयोजनाको लागि पाईपको डोब खन्ने र पहिरोले पुरेको बाटो बनाउने काममा लगाएका छन् । कार्यक्रम असारको मसान्तमा सकिने अवस्था छ ।
जिल्लाको एक नगरपालिकासहित ६ गाउँपालिका गरि सात स्थानीय तहमा कूल एक हजार ६०८ जनाले रोजगार पाएका हुन् । जसमध्ये फिदिम नगरपालिकामा १७५ जना, फालेलुङ गाउँपालिकामा ४०० जना, हिलिहाङ गाउँपालिकामा १७५ जना र याङ्वरक गाउँपालिकामा ११० जनाले रोजगार पाएका हुन् । कुम्मायक गाउँपालिकामा सर्बाधिक ४७० जना, फाल्गुनन्द गाउँपालिकामा १९७ जना र तुम्बेवामा ८१ जनाले रोजगार पाएका हुन् ।
तुम्बेवा गाउँपालिका उपाध्यक्ष धन साँवाले रोजगार पाएकाहरू खुसी भएर काम गरिरहेको बताए । यता फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मौसम ढुङ्गेलले भने आगामी वर्ष सडक र कूलो निर्माणमा मात्रै नभई शिक्षा,स्वास्थ्य लगायत हरेक क्षेत्रमा रोजगार पाउनु पर्ने रोजगार पाएकाहरूले माग गरेको बताए ।
‘रोजगार पाएपछि बेरोजगारहरूले निक्कै सकारात्मक कुरा गरे ।’ उनले भने, ‘उहाँहरूको चाहना गाउँपालिकाको हरेक क्षेत्रमा रोजगार दिइयोस् भन्नेछ ।’
श्रम तथा रोजगार मन्त्रालयले जिल्लाको फिदिम नगरपालिकामा ३४ लाख, हिलिहाङ गाउँपालिकामा २१ लाख, याङ्वरक गाउँपालिकामा २१ लाख, तुम्बेवा गाउँपालिकामा १८ लाख, फालेलुङ गाउँपालिकामा २१ लाख र फाल्गुनन्द गाउँपालिकामा २३ लाख रूपैयाँ बजेट प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि पठाएको थियो । मिक्लाजुङ गाउँपालिकामा पनि १० लाख रूपैयाँ बजेट मन्त्रालयले पठाएको छ ।
संघीय संसदको सुशासन समिति सदस्य बसन्तकुमार नेम्वाङले जिल्लाको फिदिम र हिलिहाङ गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमको अनुगमन गर्दै मुलुकमा बेरोजगार घटाउन सरकारले छोटो अबधिको भएपनि रोजगार दिलाएको बताए । उनले सरकारले बेरोजगार नागरिकलाई वर्षमा १०० दिनको रोजगार दिन नसके ५० दिनको जीवन निर्बाह भत्ता दिने नीति बनाएको पनि प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगार पाएकाहरूलाई जानकारी दिए ।
फोटो ः १ फिदिम नगरपालिका २ स्थित शनिवारे हाट वजारको लागि ठाउँ तयारी गर्दै मजदुरहरु
२ फिदिममा कार्यरत मजदुरहरुसंग कुरा गर्दै सांसद नेम्वाङ ।
३ हिलिहाङ ६ भारपामा वडा कार्यालयको संरक्षणका लागि ठेस वाल लगाइरहेका मजदुरहरु संग सांसद नेम्वाङ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस