काठमाडौं-असार ११ गतेको पहिरोले पाँचथरको याङवरक २ फलैँचामा एक घर भत्कायो। पहिरोका कारण करिब दर्जन घरका परिवार विस्थापित भए। गाउँसम्म सडक विस्तार गरेपछि सामान्य वर्षा हुँदा पनि पहिरो गएको स्थानीय बताउँछन्। ‘सडक आसपासबाटै पहिरो सुरु भएको छ,’ स्थानीय कृष्ण प्याकुरेल भन्छन् ‘सडक खनेको ठाउँमा जताततै पहिरो गएको छ।’यो समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ |
मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा शुक्रबार पहिरोले टीकाराम लावतीको घर भत्कायो। घर मुन्तिरबाट खनिएको सडकबाट सुरु भएको पहिरोले लावतीको घर भत्काएको वडाध्यक्ष अविसन लावतीले जानकारी दिए। मिक्लाजुङका विभिन्न स्थानमा सडक आसपासबाटै पहिरो जान सुरु भएको उनको भनाइ छ।
तीन वर्षअघि घरदेखि दुई कान्ला मुन्तिरबाट विस्तार गरिएको सडकमा हर्न बजाउँदै गाडी गुड्दा फालेलुङ–३ ताङ्लेपाको स्कुल टोलका ६२ वर्षीय विष्णुभक्त लावती खुसीले गद्गद् थिए। तर, उनको त्यो खुसी वर्ष दिन नपुग्दै विपत्तिमा परिणत भयो। ०७४ साउन २६ गते रातिदेखि चार दिनसम्म निरन्तर परेको वर्षातपछि घरछेउकै सडकबाट सुरु भएको पहिरोले उनको घर भत्काइदियो। २७ साउनको बिहान घर मुन्तिरबाट विस्तार गरिएको सडक भित्तादेखि पहिरो जान थाल्यो। जसोतसो भागेर ज्यान बचाएका उनी र उनको परिवारले हेर्दाहेर्दै घर र बारी पहिरोमा परिणत भयो। उनको घरसहित अन्नबाली लगाएको २० रोपनी जमिन पहिरोले लग्यो।
०७४ साउन २७ गते बिहानको पहिरोले फालेलुङ–१ चुक्पादिनका ८३ वर्षीय तिलोचन विकको ज्यान लियो। विकसहित यहाँका चार घरलाई सडकमाथिबाट आएको पहिरोले पुर्यो। स्थानीय भन्छन्, ‘पाखो परेको भिरालो जमिनमा डोजर (स्काभेटर) लगाएर जथाभावी सडक खनेकै कारण सडक आसपासबाट अहिले पनि दर्जनौं स्थानमा पहिरो गएको छ।’
गाउँसम्म गाडी गुड्ने भएपछि स्थानीय सरकारले विकासको नाममा सडकलाई प्राथमिकता दिँदा यस्तो अवस्था आएको स्थानीय बुद्धिजीवी बताउँछन्। विकासको नाममा विकट गाउँमा पनि डोजर चलाइएको छ। सडक विस्तार गर्ने नाममा जताततै डोजर चलाएर पहाडका भिराला पाखा चिरा–चिरा बनाएको छ। केही महिनामै गाउँमा सडक विस्तार भएपछि स्थानीय आफूलाई पायक पर्ने गरी व्यक्तिगत लगानीमा पनि सडक विस्तार गरिरहेका छन्। आफ्नो घरसम्म सडक लैजान गाउँमा हुनेखानेहरूको होडबाजी नै चल्ने गरेको छ। जसले गर्दा भिराला पाखामा पहिरोको जोखिम बढेर गएको छ।
पहाडी क्षेत्रको तीव्र रूपमा विकास गर्ने नाममा डोजर प्रयोग गरी अन्धाधुन्ध सडक विस्तार गरिँदै छ। अवैज्ञानिक रूपमा ग्रामीण सडक तीव्र विस्तार गरिएकै कारण भूकम्पले हल्लाएको भिरालो र पाखो जमिनमा पहिरो गएको हो। ठुल्ठूला मेसिन प्रयोग गरेर विस्तार गरिएको सडकलाई नै आधार बनाएर पाँचथरका विभिन्न क्षेत्रमा पहिरो गएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस