वि.सं.२०७६ साल असार २९ गते । आईतबार । ईश्वी सन् २०१९ जुलाई १४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ शुक्लपक्ष । तिथि त्रयोदशी, ४९ घडी ४५ पला,रातको ०१ बजेर १२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र ज्येष्ठा,३३ घडी ३८ पला,बेलुकी ०६ बजेर ४५ मिनेट उप्रान्त मूल । योग शुक्ल,०२ घडी ४३ पला,बिहान ०६ बजेर २३ मिनेट उप्रान्त ब्रम्हा । करण कौलव,दिउसो ०१ बजेर १७ मिनेट उप्रान्त तैतिल,रातको ०१ बजेर १२ मिनेट उप्रान्त गर । आनन्दादिमा काण योग । चन्द्रराशि बृश्चिक,बेलुकी ०६ बजेर ४५ मिनेट उप्रान्त धनु । आदिकवि भानुभक्त जयन्ती। प्रदोष व्रत। काठमाडौंमा सूर्योदय ०५ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी १४ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल हात नलाग्न सक्छ । भौतिक सम्पति तथा सवारिको प्रयोग गर्दा ध्यान दिनुहोला । अल्छी गर्ने बानिले विभिन्न अवसरहरु फुत्कनेछन् । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । साझबाट समय राम्रो रहेकोले धार्मिक तथा अध्ययनको शिलशिलामा यात्रा हुनेछ । प्रेममा सफलता हात लाग्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिद्या तथा प्रतिष्पर्धामा अरुनै हावि हुनेछन् । माया प्रेममा नजिक हुन केहि समय लाग्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । मामा तथा मावलीपक्ष सँग मनमुटाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला । कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा मनजोर भएको महशुष हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । प्रतिष्पर्धि तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धि समस्या झेल्नेहरुले मुक्ति पाउँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । वौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापारमा मन्दि आउँने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । राजनितिमा समर्थन भन्दा आलोचना सुन्नु पर्नेछ । सजक नबन्दा आफन्त टाडनेछन् भने अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्राको तय गर्नुपदा मन खिन्न हुनेछ । साझपख माया प्रेममा सामिप्यता बढेर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
लेखन कला तथा साहित्यमा समय लगानि गरि आफ्ना सिर्जनाहरु जनमानसमा लैजान सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने पढाईकै सवालमा यात्रा हुनेछ । दाजुभाई तथा छिमेकीको सँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । साझपख समय मध्ययम रहेकोले सवारि चलाउँदा ध्यान दिनुहोेला । प्रेममा अबिश्वास सिर्जना हुने योग रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउँनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुने तथा लगानि बढाउँदा भविश्यमा आम्दानि भईरहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सुचना प्रबृधिको प्रयोग गरि नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईका अलाव खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
स्वास्थ्यमा समस्या आउँने तथा उपचार खर्च बढ्नेछ । दैनिक खर्च बढ्ने तथा आर्थिक अभावले दिन गुज्रनेछ । आफन्त तथा अपरिचित व्याक्तिको बिश्वास गर्नाले धोका पाईनेछ । साझपख समय राम्रो रहेकोले पढाई लेखाईमा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा लगानिका अवसर जुट्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानिमा बृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई उछिन्दै अग्र स्थानमा आउँन सकिनेछ । प्रेमील जोडहिरुका लागि समय उत्तम रहेकोछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्नेछ । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पुर्ति गर्न सकिनेछ । साझपख लामो दुरिको यात्राको तय हुनेछ |
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेकोछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुवा तथा अग्रजहरुको आशिर्वाद लिदै राम्रा काम गर्न सकिनेछ । पैत्रिक सम्पति प्राप्त हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापारमा आज गरिने लगानिबाट भविश्यमा राम्रो नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । राजनितिज्ञको लागि जनताको काम गरि पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस