काठमाडौं-बाढीपहिरोको बढी चपेटामा तीनवटा प्रदेश परेका छन्। प्रदेश १, २ र ३ मा जनधनको क्षति भएको छ। पहाडी भेगमा बाढीपहिरो र तराई–मधेसमा डुबानको समस्या देखिएको आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ
समाचारमा प्रदेश १ को मोरङमा डुबान हुँदा शुक्रबार साँझसम्म ७ सय ५५ परिवारका ३ हजार ५ सयभन्दा बढी जना प्रभावित बनेको जनाइएको छ ।
प्रदेश राजधानी रहेको विराटनगर महानगरसहित बूढीगंगा, कटहरी, धनपालथान र जहदा गाउँपालिका बढी प्रभावित भएको प्रमुख जिल्ला रमेशकुमार केसीले बताए। उनका अनुसार सुकुम्बासी बस्तीका सबैजसो घरमा बाढी पसेर डुबान भएको छ। कटहरी–१, २, ३, ४ वडाका अधिकांश बस्ती जलमग्न रहेको गाउँपालिका अध्यक्ष रामकुमार कामतले बताए।
आध्यक्ष कामतका अनुसार कटहरी र धनपालथानको सिमाना भएर बग्ने लोहन्द्रा खोलाको बाढी बस्तीतिर पसेपछि धेरै घर डुबानमा परेका छन्। बाढीले घरै बगाउन लागेको कटहरी–३ का उमेशकुमार साहले बताए। परिवारका सदस्य खुला ठाउँमा बसिरहेको उनले सुनाए।
सुनसरीको हरिनगर–५ बसन्तपुरका ३५ परिवार विस्थापित भएका छन्। उनीहरूलाई उद्धार गरी प्रहरीले स्थानीय विद्यालयमा सुरक्षित राखेको छ। दुहबी नगरपालिकामा कोसी राजमार्गअन्तर्गत पर्ने बूढी खोलाको पुल कटानका कारण जोखिममा परेको छ।
पाँचथरका हिलीहाङ गाउँपालिका अमरपुरस्थित अस्थायी प्रहरी चौकी, मिक्लाजुङ–५ कुरुम्बाको एक घर पहिरोको जोखिममा परेका छन्। कुरुम्बामा शुक्रबार बिहान पहिरोले टीकाराम लावतीको घर चर्किएको वडाध्यक्ष अबिसन लावतीले बताए। ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–५ खिजीफलाटे बजारमा वर्षाका कारण धनवीर तामाङको घर भत्किएको छ।
वर्षात्का कारण सिद्धिचरण राजमार्गसहित सबै ग्रामीण सडक ठप्प छन्। बिहीबार साँझदेखि सदरमुकामबाट गाउँ तथा अन्य जिल्लातर्फ जाने सवारी साधन चलेका छैनन्। मध्यपहाडी राजमार्ग दर्जनभन्दा बढी ठाउँमा अवरुद्ध छ। यात्रु अलपत्र परेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस