विराटनगर -प्रदेश १ को राजधानी विराटनगर क्षेत्र सामान्य वर्षामै डुब्न थालेको छ। निकास नराखी विराटनगरका बजार क्षेत्रका कच्ची सडक र ढल निर्माण सुरु गर्दा सामान्य वर्षामै डुवानमा परेको हो। मंगलबार रातिदेखिको वर्षाले बुधबार विराटनगर क्षेत्र जलमग्न भएको थियो।
ढलको पाइप बिच्छयाउन खनिएको सडक नपुर्दा र पाइप नबिच्छ्याउँदा मुख्य राजमार्गमा ढल बगेको थियो। मुख्य सडकहरू खनेर छाड्दा सामान्य वर्षामै डुवान समस्या भोग्नुपरेको स्थानीयले गुनासो गरे। ‘निकास बिनाको विकास छ। कतै ढल र पानी निकास हुने ठाउँ बनाइएको छैन। सामान्य वर्षामै छतमा चढ्नुपर्छ’, विराटनगर–१४ की स्थानीय रुपा थापाले गुनासो गरिन्।
एसियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास परियोजनाअन्तरर्गत विराटनगर महानगरपालिका भित्रका सडक कालोपत्रे गर्ने काम जारी छ। महानगर भित्र ७४ किलोमिटर सडकमा निर्माण र कालो पत्रेको काम भइरहेको छ। २ अर्ब ६३ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु गरे पनि यात्रुको चाप बढी हुने सडकको वैकल्पिक बाटो समेत खनिएकाले सास्ती बेर्हनु परेको स्थानीय बताउँछन्।
चिनियाँ कम्पनी झोङ झ्याङले ठेक्का लिएर विराटनगरको आशिष निर्माण सेवामार्फत सडक निर्माण काम गरिरहेको छ। यातायात सञ्चालनका लागि बाइपास सडक नछाडी ढलको पाइप बिच्छयाउन अन्दाधुन्द सडक खनिएपछि बजार क्षेत्र जलमग्न बनेको विराटनगर बसपार्क छेउका स्थानीय मुकेश लिम्बुले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस