काठमाडौं – मलेसियामा कार्यरत नेपाली कामदारहरुले अब लेबी तिर्नु नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नु पर्ने निर्णय गरेको हो, जसको प्रत्यक्ष लाभ नेपालीसहित त्यहाँ कार्यरत विदेशी कामदारलाई हुनेछ ।
गृहमन्त्री अहमद जाहिद हमिदीले विदेशी कामदारबाट लेबी कटौती नगर्न रोजगारदाता कम्पनीहरुलाई निर्देशन दिएका छन् । यो भोलि १ जनवरीबाटै लागू हुनेछ ।
यो नयाँ नियम ‘इम्प्लोयर म्यान्डेटोरी कमिटी (ईएमसी)मातहत आएको हो, जसकेा उद्देश्य रोजगारदातालाई विदेशी कामदारप्रति जिम्मेवार बनाउनु रहेको छ ।‘बर्नामा‘का अनुसार नयाँ नियम अनुसार कामदार आफ्नो मुलुक नफर्किएसम्म रोजगारदाता पूर्ण जिम्मेवार हुनु पर्नेछ ।
गृहमन्त्री हमिदीले विदेशी कामदारको रेखदेख तथा अवस्था मूल्यांकन गर्न जिम्मेवारी र अवलोकन सम्वन्धी मापदण्ड छिट्टै ल्याउने बताएका छन् ।
मलेसियाले कामदारको ‘सेक्युरिटी डिपोजिट’बारे पनि पुनरावलोकनको तयारी गरेको छ ‘अहिलेको दर निकै कम र विदेशी कामदारको करार अवधि समाप्त भएपछि रोजगारदाताले फिर्ता पठाउने क्रम प्रभावकारी छैन ‘ गृहमन्त्री हमिदीले भनेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस