काठमाडाैं-साझा यातायातले रात्रिकालीन सेवा सुरु गरेको छ । पहिलो चरणमा साझाका तीनवटा बसले राति १० बजेसम्म सेवा दिन थालेका हुन् । कलंकी–कालिमाटी हुँदै लगनखेल, नयाँ बसपार्कबाट लगनखेल र एयरपोर्ट चाबहिल नयाँ बसपार्कको रुटमा साझाले रात्रिकालीन सेवा दिइरहेको छ ।
गत बुधबारदेखि रात्रिकालीन सेवा सुरु भएको साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधरले जानकारी दिए । ‘यसअघि साझा राति ९ बजेसम्म सञ्चालन भइरहेका थिए ।
अहिले तीनवटा बस थप गरी एक घन्टा ढिलोसम्म सञ्चालन गर्न थालेका छौँ,’ उनले भने, ‘यो ट्रायलका रूपमा सञ्चालन गरेका हौँ । केही समयपछि अन्य बसले पनि १० बजेसम्म सेवा दिनेछन् ।’ साझा यातायातसँग हाल ७१ वटा बस छन् । तीमध्ये चारवटा बस भने लामो दूरीमा सञ्चालन हुन्छन् । बाँकी बस काठमाडौं उपत्यकामा सञ्चालित छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस