काठमाडौं-नागार्जुन नगरपालिकाले आफ्नो विकास योजनामा सार्वजनिक बाटो निर्माण कार्यलाई बेवास्ता गर्दै निजी प्लटिङका लागि सडक निर्माण गरेको पाइएको छ । सो नगरपालिकाले स्थानीय जनताका प्राथमिकतालाई छाडेर निजी जग्गा प्लटिङ गर्ने व्यापारीको स्वार्थअनुकूलका योजना निर्माण गरेको पाइएको हो । यो समाचार आजको राजधानी दैनिकले छापेको छ |
स्थानीय वडाले योजना निर्माणका क्रममा प्लटिङ तथा निजी व्यक्तिको स्वार्थअनुरूपका योजना छनोट गरेको आरोप लगाएका छन् । वडा क्षेत्रका विभिन्न तीन स्थानमा प्लटिङ गरिएका जग्गा रहेका क्षेत्रमा नगरपालिकाको योजनाअन्तर्गत सडक निर्माणका काम भइरहेका छन् ।
स्थानीय रामबहादुर कुँवर भन्छन्, ‘स्थानीयका प्राथमिकताका काम छाडेर वडाले निजी स्वार्थका कामलाई प्राथमिकतामा राख्ने गरेको छ । इचंगुनारायण तथा ह्वाइट गुम्बा जस्ता महŒवपूर्ण धार्मिक तथा पर्यटकीय स्थल जाने सडक अलपत्र छन् । न त तिनको मर्मत सम्भार गरिएको छ न त स्तरोन्नत्ति नै ।’
नगरपालिकाका यी काम विवादित बनेको छ । निजी प्लटिङमा नगरपालिकाको लगानीमा सडक बनिरहेको यो विषयको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत छानबिनको क्रममा रहेको छ । नगरपालिकाका प्रवक्ता थुमराज केसीका अनुसार अख्तियारले यस सम्बन्धको जवाफ माग गरेको र नगरपालिकाले जवाफ लेखेर पठाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस