काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई हटाउने तयारी गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीले खरेलको कामप्रति असन्तुष्टि जनाउँदै हटाउने तयारी गरेका हुन्।
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई समेत वाइपास गरेर प्रधानमन्त्री ओलीले आफ्नै गृहजिल्ला झापाका खरेललाई १० महिनाअघि निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेका थिए। खरेलले प्रतिवद्धता अनुसार काम गर्न नसकेपछि असन्तुष्ट बनेका प्रधानमन्त्री ओलीले खरेलको विकल्प खोज्न थालेका हुन्।
प्रधानमन्त्री कार्यलय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पर्यटन मन्त्रालयलाई स्पष्टिकरणको ड्राफ्ट तयार पार्न निर्देशन दिएका छन्। पर्यटन मन्त्रालयका उच्च अधिकारीहरुले खरेललाई सोध्ने स्पष्टिकरणका बुँदा तयार पारेर प्रधानमन्त्री कार्यालय पठाउने तयारी गरेका छन्। स्रोतका अनुसार अर्को साता नै स्पष्टिकरण सोधेर मन्त्रिपरिषद्को बैठकबाट खरेललाई हटाउने तयारी गरिएको हो।
खरेल चार वर्षअघि पनि निगमका प्रवन्ध निर्देशकको रुपमा कार्यरत थिए। दुई थान एयरवस ३२०–२०० सिरिजको न्यारोवडी जहाज खरिद गरेका खरेलले व्यवस्थापन सम्हाल्न नसकेपछि राजीनामा दिएका थिए। त्यस लगत्तै सुतगरत्न कंसाकारलाई महाप्रवन्धकको रुपमा नियुक्ति गरिएको थियो। वाइडवडी जहाज खरिद प्रकरणमा कंसाकारको विषय जोडिएपछि प्रधानमन्त्री ओलीकै जोडबलमा खरेललाई नियुक्त गरिएको थियो।
प्रधानमन्त्री कार्यालयले मदन खरेल नियुक्तिसँगै निगममा अझै अराजकता भित्रिएको, नयाँ वाइडबडी जहाजलाई नयाँ तथा लामो दूरीमा उडान भराउन नसकेको, उल्टो खरेलले सञ्चारमाध्यममा वाइडबडी जहाज निगमलाई घाँडो बनेको अभिव्यक्ति दिँदै हिडेको आरोप लगाएको छ। खरेलले जापान उडाउने भनेर पटक–पटक प्रधानमन्त्रीलाई ढाँटेको, जापानको नारिता उडाउनु पर्नेमा ओशाका उडाउन पहल गरेको आरोप समेत खरेलमाथि लागेको छ।
त्यस्तैगरी, खरेलले चिनियाँ जहाज सेनालाई दिने प्रस्ताव गरेको तथा आन्तरिक गन्तव्यमा उडानको कार्यतालिका अनुसार जहाजलाई उडाउन नसकेको, रणनीतिक साझेदार भित्र्याउने सरकारी पहललाई असहयोग गरेको, वाइडबडी जहाजले नाफा कमाएको भन्दै गलत तथ्यांक दिएको, सञ्चयकोष तथा नागरिक लगानीकोषलाई ऋणको किस्ता नतिरेको, मर्मत गरेर उडाउनु पर्ने वोइङ जहाज पनि लिलामी गरेर कौडीको भाउमा विक्री गर्न लागेको आरोप प्रधानमन्त्री कार्यालयले लगाएको छ।
न्यारोवडी तथा वाइडवडी जहाजको मर्मतका लागि भएका टेन्डरमा समेत खरेलले निष्पक्षता नदेखाएको आरोप प्रधानमन्त्री कार्यालयको छ। सो विषय संसदको लेखा समितिमा समेत पुगेको छ। विवादका कारण मर्मत सम्भारको काम नै निगमले अघि बढाउन सकेको छैन। कर्मचारीहरुमा चरम गुटवन्दी निर्माणमा खरेलले नै सहयोग गरेको र त्यसले दक्ष प्राविधिक तथा पाइलटहरु समेत समस्यामा परेको प्रधानमन्त्री कार्यालयको निष्कर्ष छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस