काठमाडौं-कांग्रेसले प्रदेश, क्षेत्रीय र स्थानीय तहको संरचना निर्माण गर्ने तयारी थालेको छ। सभापति शेरबहादुर देउवा संरचना बनाउन अग्रसर भएपछि सभापतिइतर समूह पनि संरचनामा आफ्नो पकड बनाउने रणनीति तय गर्न जुटेको छ। केही समययता देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य शीर्ष नेतासँग संगठन निर्माणबारे अनौपचारिक छलफल बाक्लो पारेका छन्।
सभापति देउवाको सक्रियतासँगै इतर समूहका नेताले पनि तयारी थालेका हुन्। यस सम्बन्धमा मंगलबार साँझ नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसीको काठमाडौं सामाखुसीस्थित निवासमा इतर समूहका नेताले झन्डै ४ घण्टा अनौपचारिक बैठक गरे।
बैठकमा वरिष्ठ नेता पौडेलसहित नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, महामन्त्री शशांक कोइराला, नेतृ सुजाता कोइरालालगायत सहभागी थिए।
केही दिनअघि सभापति देउवाले वरिष्ठ नेता पौडेललाई सातै प्रदेशमा समिति गठनको प्रस्ताव राखेका थिए। तीमध्ये ४ वटाको मनोनयन देउवाले गर्ने र बाँकी ३ वटाको पौडेललाई दिने प्रस्ताव गरेका थिए।
त्यसपछि कांग्रेस नेताले त्यसपछि संगठन निर्माणबारे आन्तरिक छलफल तीव्र पारेका छन्। यसबीच सभापति देउवाका तर्फबाट उपसभापति विमलेन्द्र निधी, महामन्त्री पूर्णबहादुर खड्कासहित रमेश लेखकलगायत नेताले इतर समूहका नेतासँग अनौपचारिक संवादसमेत गरेका छन्। कांग्रेसले आउँदो २२ गते केन्द्रीय समिति बैठक बोलाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस