ब्युटी टिप्स: रष्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर – स्किनलाई सदावहार सुन्दर राख्न स्किनको मेन्टेन गर्नु नै फेसियल हो । अनुहारमा भएको अनावश्यक फोहोर ,दाग र रिंकल हटाउन फेसियल गर्ने गरिन्छ । प्रकृया मिलाएर फेसियल गरिएन भने त्यसले अनुहारमा थप समस्याहरु आउन सक्छन् । समय मिले सम्म तोकिएको समयमा फेसियल गर्नुपर्छ । यदि काम व्यस्थताले गर्दा समय कम छ भने क्लिन्जिङ मात्रै गरेको खण्डमा पनि अनुहारमा परिर्वतन महसुस गर्न सकिन्छ । फेसियल अनुहार चम्काउन र सुन्दर देखाउन निकै राम्रो विकल्प मानिन्छ । फेसियल भनेको स्किन मेन्टेन गर्नु हो। रिंकल कन्ट्रोल, दाग कन्ट्रोल गर्न अपनाइने प्रक्रिया हो।
लामो समय सम्म अनुहारको सुन्दरतालाई यथावत कायम राख्नको लागि फेसियल एउटा यस्तो पर्क्रिया हो यसको माध्यमबाट छालामा एक प्रकारको चमक छाउनुको साथै अनुहारमा ताजापन कायम भै रहन्छ र विभिन्न प्रकारको समस्याबाट अनुहारलाई टाढा राख्छ ।
फेसियलले फोस्रो अनुहार आकर्षण देखिनुको साथै हामीलाई कम उमेरको देखिनमा मद्दत पुर्याउछ । फेसियल गर्दा अनुहारको सफाई भित्रै देखि हुन्छ मसाज गर्दा रक्त संचार सहि रुपमा हुन्छ यो अनुहारको छालाको लागि अतिनै राम्रो हो । मसाज गर्दा छालाको मूल कोसीका हेरर जान्छ र जसकारण अनुहारमा एक प्रकारको चमक देखापर्छ ।
फेसियलले अनुहारमा थप चमक ल्याउछ, अनुहारको सुक्खापनलाई हटाइ छालामा चमक ल्याउछ, चाउरीपन हुन दिदैन
अनुहारमा हुने अनावश्यक दाग,कोठीहरु ब्ल्याकहेड, हवाइटहेड हटाउन सहयोग पुग्छ ।
क्लिन्जिङ : अनुहारमा छालाको प्रकार तथा समस्या अनुसार बजारमा उपलब्ध उच्च गुणस्तर युक्त प्रसाधनको प्रयोग गरी छालालाई सफा गर्नुपर्छ ।
एक्फलोटिङ : नर्मल, ड्राई, आयली स्किनमा स्क्रब गरी डेड सेल्स निकाल्ने । यसरी ब्ल्याक हेड्स खुकुलो बनाइन्छ ।
मसाजिङ : छालाको प्रकार तथा समस्या अनुसार अनुहारको प्रेयर पोइन्ट्स समेटेर अनुहारमा मसाज गर्नुपर्छ । यो प्रक्रिया १५ मिनेट देखि २५ मिनेट सम्म गर्न सकिन्छ ।
स्टिम : छालाको प्रकार हेरी स्टिम दिनुपर्छ । स्टिमबाट ‘ ब्ल्याक हेड्स निकाल्न सकिन्छ । फेसमा स्टिम इनडाइरेक्ट दिनुपर्छ । बेकिङ सोडामा टावेल भिजाएर अनुहारमा राखेर दिनपर्छ ।
रिमुमिङ ब्ल्याक हेड्स : अनुहारमा ब्ल्याक हेड्स भए स्टेरलाइज्ड कोमोडनको सहायताले हल्का प्रेसर दिई निकाल्नुपर्छ ।
टोनरको प्रयोग : म्पिलयुक्त अनुहारमा एस्ट्रिमाइज प्रयोग गर्नु उपयुक्त हुन्छ । आयली कम्बिनेसन स्किनमा केही मात्र अल्कोहल युक्त टोनरको प्रयाग गर्नुपर्छ । ड्राई तथा नर्मल स्किनमा अल्कोहलरहित टानर प्रयोग गर्नु उत्तर हुन्छ ।
फेसप्याक : फेसियलमा फेसप्याक महत्वपूर्ण विधि हो । यो प्रक्रियाले अनुहारमा छुट्टै अचम प्रदान गर्द । अनुहारको छालाको प्रकार तथा समस्या अनुसार फेसप्याक लेप अथावा मास्य प्रयोग गर्नुपर्छ ।
मस्वराइजिङ : अनुहारको छालाको प्रकारअनुसार मस्चराइजिङ अथवा प्रोटेक्टिभ कस्मोटिक्स प्रयोग गर्नुपर्छ । यस्तो कस्मेटिक्स डे र नाइटका लागि फरक–फरक हुन्छ । एसपिएफ युक्त र एसपिएफ रहित पनि पाइन्छ ।
दक्ष प्राविधिकबाट मात्र फेसियल गराउनुपर्छ ।
फेसियल गर्न बजारमा पाइने जुनसुकै प्रसाधन प्रयोग गर्नु हुँदैन । राम्रो र गुणस्तरीय ब्रान्ड मात्र छनोट गर्नुपर्छ । संवेदनशील छाला वा पिम्पलले बढी संक्रमण गरेको छालामा स्क्रबको प्रयोग गर्नु हुँदैन ।अनुहारमा २५ मिनेटभन्दा बढी मसाज गर्नु हँदैन । अनुहारमा बढी मसाज गर्नाले इलास्टिसिटी लुज हुन सक्छ । जसले गर्दा छाला लत्रिने सम्भावना पनि हुन्छ । गर्दनको ब्ल्याक हेड्स निकाल्नु अथावा चलाउनु हुँदैन ।
थप जानकारी
(रश्मिला श्रेष्ठ बरिष्ट सौन्दर्यबिद हुनुहुन्छ l बिगत डेढ दशक देखि उहा सौन्दर्य पेशामा आबद्द हुनुहुन्छ l अन्य सौन्दर्य सम्बन्धि जानकारी लिनु परेमा रष्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल चौथो तला तथा बिजी मल गोगंबुको चौथो तलामा गएर आबश्यक सुझाब सल्लाह लिन सक्नुहुनेछ साथमा पुरुष तथा महिलाहरुको सौन्दर्य सम्बन्धि सम्पूर्ण सौन्दर्य ट्रिट्मेण्ट समेत गरिन्छ l सम्पर्कको लागि Kathmandu Mall, 4th floor(Old pink colour) Kathmandu, Nepal +977-1-4150025(Ktm mall ), +977-1-4356385(BG mall) 9841641940 )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस