काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय सभापति एवं सम्मानिय पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस सोलुखुम्बु-काठमण्डौं सम्पर्क समितिको आयोजनामा आयोजित हिमाल पहाड तराई -मधेस जनजागरण अभियान अन्तर्गत एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम भव्यताको साथ् सम्पन्न भएको छ ।
नेपाली कांग्रेस सोलुखुम्बु-काठमण्डौं सम्पर्क समितिका शभापति मनोज खड्काको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसको केन्द्रीय सभापति एवं सम्मानिय पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा रहेका थिए भने बिसेष अतिथिहरुमा नेपाली कांग्रेसका पार्टि प्रबक्ता विश्व प्रकाश शर्मा, नेपाली कांग्रेश सोलुखुम्बुका पूर्व पार्टी सभापति आङ गेलु शेर्पा, प्रभुराम बस्नेत, माननीय जिप छिरीङ शेर्पा, पर्यटन ब्यबसायी आङ छिरीङ शेर्पा, नामग्याल शेर्पा, मिङमार दोर्जी शेर्पा, दावा गेलु पाख्रिन(राजु), डोल्मा तामाङ, कृष्ण निरौला, गणेश बस्नेत, राजन जंग बस्नेत लगायतका बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा उक्त प्रशिक्षण कार्यक्रम भव्यताको साथ् सम्पन्न भएको हो ।
उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै प्रशिक्षकहरु पार्टि प्रबक्ता बिश्व प्रकाश शर्मा र बार एसोसिएसनका पुर्व महासचिव सुनिल पोखरेलले गुटबन्दीको राजनीति त्याग गर्दै पार्टि एक ढिका हुनुको विकल्प नरहेको बताएका छन् । नेपाली कांग्रेश इतिहास बोकेको पार्टी भएको हुँदा अहिले नेकपाको सरकारले जनभावान अन्तरगत काम नगरेको हुँदा खबरदारी गर्दै आफ्ना कार्यकर्ताहरु तथा नेपाली जनतालाई सुसुचित गर्दै आगामी दिनहरुमा नेपाली कांग्रेशलाइ थप ससक्त गर्दै लैजानु पर्ने आबश्यकता रहेको उनीहरुले जानकारी गराए ।
पार्टी जनजागरण अभियान अन्तर्गतनै यस प्रशिक्षण कार्यक्रम रहेको हुँदा पार्टी कार्यकर्ताहरुलाई थप उर्जा मिलेको र यस्ता कार्यक्रमहरुलाई सोलुखुम्बुका गाउँ गाउँमा पुर्याउने सोलुखुम्बु कांग्रेशलाइ एक ढिक्का बनाउन जस्तो सुकै त्याग गर्न समेत तत्पर रहेको नेपाली कांग्रेश सोलुखुम्बुका पूर्व पार्टी सभापति आङ गेलु शेर्पाले जानकारी गराए ।
कार्यक्रममा नेपाली कांग्रेशका केन्द्रीय सभापति शेर बहादुर देउवाले सोलुखुम्बु जिल्लाको पार्टी भित्रको समस्या आफु जानकार रहेको र छिट्टै समाधान गरिने समेत बताएका छन् । प्रबक्ता विश्व प्रकाश शर्माले अधिबेशनका कारण बिबाद भएको र त्यसलाई विधिसम्मत ढंगले पार्टीले टुङ्ग्याउने बिश्वास दिलाएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस