काठमाडौं-आर्थिक वर्ष २०७६/७७ को बजेटले दलितलाई सम्बोधन गर्न नसकेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् ।
जागरण मिडिया सेन्टरले आयोजना गरेको छलफल कार्यक्रममा प्रतिनिधी सभा र राष्ट्रिय सभाका दलित सांसदहरुले बजेटप्रति असन्तुष्टि जनाएका हुन् ।
प्रतिनिधीसभा सदस्य आशाकुमारी विकले अघिल्लो वर्षको सिकाईले यस पटकको बजेटमा सुधार हुने आशा गरिएको भए पनि निराशामा परिणत भएको धारणा राखिन ।
अघिल्लो वर्ष बजेट दलितमैत्री नआएपछि यो वर्ष प्रदेशपिच्छे छलफल चलाउनुका साथै प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा समेत योजनाका निवेदनहरु पुर्याईए पनि बजेटमा त्यसको सम्बोधन हुन नसकेको उनको भनाई छ । ‘दलित सांसदहरुसँगको छलफलले मात्र दलितमैत्री बजेट आउने भएकाले प्रत्येक मन्त्रालयका सचिव र योजना बनाउने अधिकारीसँग छलफल हूपर्ने बताइन |
कार्यक्रममा, दलित, महिला, बालबालिका, जनजाति, अपांगलगायत सिमान्तकृत वर्गका लागि सोलोडोलो बजेट छुट्याउँदा पहुँच हुनेले मात्र बजेट पाउने गरेको प्रति दलित अधिकारकर्मीले सभासद्हरुको ध्यानार्कषण गराएका छन् ।
संविधानले दलितलाई अलग धारामा सम्बोधन गरेको हुनाले बजेट पनि सोही अनुसार आउनु पर्नेमा उनीहरुको जोड छ । सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने सरकार भनिए पनि सार्वजनिक बजेट पँुजीपतिलाई पोस्ने प्रकृतिको रहेको भन्दै बजेटप्रति उनीहरुले असन्तुष्टि जनाएका छन् ।
कार्यक्रममा, मोहन सिंह सुनारले प्रस्तुत गर्नु भएको दलित र बजेट विषयक कार्यपत्र माथि सांसद, वकिल र दलित अधिकारकर्मीले छलफल गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस